भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भदौ २३, एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक तथा जनसम्बन्धबारे कुराकानी भएको बताएका छन्। उनले बाइडेनसँगको वार्ता अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको छ। भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका–भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको जनाइएको छ।
 

गएराति ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु, ३० घाइते

भदौ २३, दाङ : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।
बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ। …

युनाइटेड गोल्ड कपको उद्घाटन खेलमा चोरमारालाई हराउँदै आयोजक विजयी

भदौ २२, कावासोती : युनाईटेड युवा क्लब हुप्सेकोटद्वारा आयोजित ३७ औं युनाइटेड गोल्डकपको उदघाटन खेलमा आयोजक क्लब विजयी भएको छ । चोरमारा युवा क्लब चोरमारालाई आयोजक युनाईटेड युवा कलबले ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।
सरस्वती मा.बी. गिरुवारिको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उदघाटन हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंह रानाले गरेका थिए । रानाले खेलाडीहरुमा खेल कौशल सङ्गै अनुशासनको आवश्यकता रहेको बताए ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीको आयोजनामा शुुरु भएको युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करणमा २० …

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

भदौ २२, काठमाडौँ : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि …

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

भदौ २२, काठमाडौं : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको …

आज न्वागी‍ पर्व मनाउँदै चेपाङ समुदाय, तीन जिल्लामा सार्वजनिक बिदा

भदौ २२, चितवन : आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बाग्मती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
यस वर्ष पनि चेपाङ …

स्थानिय तहमा कार्यरत कर्मचारीको बहिष्कार पछि निजामती सेवा दिवस विवादित

भदौ २२, काठमाण्डौ : २०औँ निजामती सेवा दिवस २०८० विवादित भएको छ । निजामती सेवा विधेयकको विषयलाई लिएर स्थानीय तहमा कार्यरत कर्मचारीले दिवस बहिष्कार गरेपछि विवादित भएको हो । निजामती विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको बताएका छन् । उनीहरूले उक्त विभेदविरुद्ध दिवस बहिष्कार गरेका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई जानकारी गराएर नै स्थानीय तहका कर्मचारीले दिवस बहिष्कार गरेका हुन् ।
संघीय सरकारले काठमाडौंको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा भव्य रूपमा निजामती सेवा दिवस मनाइरहँदा स्थानीय तहका कर्मचारी विरोधमा उभिएका हुन् । यसले निजामती सेवा उच्चपदस्थ कर्मचारीमाथि प्रश्न उठेको …

विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो । उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने छ ।
गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।
के हो खास विवाद ?
गायक खरेलले २०६७ …

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

भदौ २२, काठमाडौं : सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने …

आज निजामती सेवा दिवस

भदौ २२, काठमाडौँ  :  आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।
दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती …

आईसीसी टी ट्वान्टी विश्वकप खेल्ने नेपालको सपनाको अन्त्य

भदौ २२, काठमाण्डौ : महत्वपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपालको आगामी वर्ष बंगलादेशमा हुने आईसीसी टी ट्वान्टी विश्वकप खेल्ने सपनाको अन्त्य भएको छ । मलेसियामा जारी आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावनाको अन्त्य भएको हो ।
जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो । नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो …

युनाईटेड गोल्ड कपको तयारी पुरा/उद्घाटनमा चोरमारा युवा क्लब र युनाईटेड युवा क्लब बिच भिडन्त हुने

भदौ २२, कावासोती : आजदेखि सुरु हुने युनाईटेड गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका ३, गिरुबारीमा हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको आज उद्घाटन खेल हुने भएको हो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करण श्री सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को खेल मैदानमा संचालन हुन लागेको हो ।
क्लबका अध्यक्ष हरि थापाका अनुसार २० फुटवल क्लब सहभागी हुने यस संस्करणको आज दिउँसो ३ …

कावासोतिको शिव मोबाईल सर्भिसले सामसुङ(SAMSUNG) मोबाईल फाईनान्समा दिने

भदौ २२, कावासोती : साउथ कोरियाको टेक कंपनी सामसुङ(SAMSUNG)ले नेपालका ग्राहकहरुकालागि फाईनान्समा पनि आफ्ना मोबाईल लिन सक्ने नयाँ व्यवस्था ल्याएको छ । नवलपुरको कावासोतीमा रहेको शिव मोवाईल सर्भिसका अनुसार सामसुङ कम्पनिले हालैमात्र यो सुविधा पनि दिन सुरु गरेको बताएको हो ।

सामसुङ मोबाईलको आधिकारिक विक्रेता समेत रहेको शिव मोवाईल सर्भिसबाट २५ हजार भन्दा माथिको जुनसुकै सामसङ ब्राण्डका मोबाईलहरु फाईनान्समा पाईने शिव मोवाईल सर्भिस कावासोतीका सञ्चालक शिव पोख्रेलले बताएका छन् । पेख्रेलका अनुसार कम्पनिले नै आफ्ना आधिकारिक विक्रेताहरुलाई २५ हजार भन्दा माथि मुल्य पर्ने जुनसुकै सामसुङ ब्राण्डका मोबाईल शुन्य प्रतिशत ब्याजदरमा ग्राहकलाई …

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी हान्ने राजावादि सापकोटा भएको खुलासा

भदौ २०, काठमाडौँ  : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको खुलेको छ । आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका श्याम बहादुर सापकोटाले सांघातिक आक्रमण गरेका थिए ।
धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए । …

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण/टाउको पछाडि चोट

भाद्र २०, काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ । यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

भदौ २०, काठमाडौं : मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण रद्द भएको छ। वर्षाका कारण टस समेत नभइ खेल रद्द भएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका छन्। यूएईसँग अंक बाँडेपछि नेपाल समूह ‘ए’को उपविजेतामा सीमित रह्यो।
नेपालले यसअघि लगातार ४ वटा खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। यूएईले पनि ४ वटा खेल जितेको थियो। दुवै टिमको समान ९ अंक रहे पनि नेट रनरेटका आधारमा यूएई अगाडि रहँदै समूह विजेता बन्यो। समूह चरणको खेलमा नेपालले घरेलु टोली …

५१ वटा विद्युतीय चार्जिङ स्टेशनको एकैपटक उद्घाटन(सूचीसहित)/अब निजी क्षेत्र आउनुपर्ने कुलमान घिसिङको भनाई

भदौ २०, काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो …

मलेसियाले अष्ट्रेलियामाथि लगाएको गाई भैंसी निर्यातको प्रतिबन्ध हटायो

भदौ २०, एजेन्सी : मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ। उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग एलएसडी लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो। पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रुपमा बाँझोपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्युसमेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन् । मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ।
अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि …

नेपाली राष्ट्रिय क्रिकेट टिमको एयरपोर्टमा भव्य स्वागत

भदौ २०, काठमाडौं  : एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो ।
ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् । तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

कक्षा १२ को पुरक परीक्षा असोज ९ र १० गते हुने

भदौ २०, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११र१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।
२०८० सालको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode