आजको मौसम पूर्वानुमान

भदौ २०, काठमाडौँ :  हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान …

आज मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस/”मानव तस्करहरुले फाइदा लिए” : ओली

भदौ २०, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उल्लेख गरे ।
“अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन सकेका छैनन्, हाम्रो देश पनि …

आज कृष्ण जन्माष्टमी, यसरी गरिन्छ भक्ति, पूजा र आराधना

भदौ २०, कावासोती : आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतनालगायतको दमन गरी …

हुप्सेकोटकी नगर प्रहरी तस्करको आक्रमणबाट सख्त घाइते

नारायण शर्मा, भदौ २०, कावासोती : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका स्थित गिरुवारि खोलामा ड्युटीमा गएकी नगरप्रहरीलाई तस्करहरूको समूहले ढुंगा प्रहार गरेर सख्त घाइते बनाएका छन् । हुप्सेकोटका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेका अनुसार खोलामा अवैध ढुंगा गिटी चोरी भइरहेको भन्ने सूचनाका आधारमा गिरुबारी खोलामा ड्युटीमा खटिएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करहरूले ढुंगाले हानेर घाइते बनाएका हुन् ।
उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि मंगलवार नै काठमाडौं पठाइएको छ । ‘टाउकोमा गम्भीर चोट भएकाले काठमाडौं पठाइयो,’ घिमिरेले भने, ‘आक्रमणकारीको खोजी भइरहेको छ ।’ यममाया मल्ल पालिकाले नियुक्त गरेको नगर प्रहरी …

एसिया कपको सुपर फोरबाट अफगानिस्तान बाहिरियो

भदौ २०, काठमाडौं : डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनको जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ। मंगलबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा श्रीलंकाले टस जित्दै ब्याटिङ गरेर ८ विकेटको क्षतिमा २९१  रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३७।४ ओभरमा २८९ रन बनाएर अलआउट भयो।
अफगानिस्तानलाई सुपर फोरमा पुग्नका लागि ३७।१ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो। तर अफगानिस्तानले लक्ष्य भेटाउन सकेन। समूह ‘बी’बाट श्रीलंकासँगै बंगलादेश पनि सुपर फोरमा प्रवेश गरिसकेको छ। यता समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन्। एसिया कपमा सहभागी …

एमाले लुम्बिनीको अध्यक्षमा रिजाललाई २ मतले पछि पार्दै कँडेल विजयी

भदौ २०, रुपन्देही  : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र …

हुप्सेकोटका सोमैको दुबै मृगौला फेल भएपछि जिवन बचाईदिन अपिल

एनसञ्चार संवाददाता, भदौ २०, कावासोती : नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुवै मृगौला फेल भएपछि आफ्नो जिवन बचाईदिन सार्वजनिक अपिल गरेका छन् । करिब २ वर्ष अगाडिदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि गम्भिर समस्यामा परेका सोमै यतिबेला उपचाररत छन् ।
 
जिवन मरणको संघारमा पुगेका सोमैले उपचार गर्दा गर्दै भएको सबै सम्पत्ति समेत सकिईसकेको बताएका छन् । उनले अहिले पनि उपचारमा हर महिना लाखौँ रकम खर्च गरिरहनुपरेको एवं मृगौला प्रत्यारोपणलाई सफल बनाउन अझै लाखौँ खर्च लाग्ने भएकोले आफ्नो जिवन बचाईदिन उनले अपिल …

हुप्सेकोटको गिरुवारिमा युनाईटेड गोल्ड कप हुँदै/देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

एनसञ्चार संवाददाता, भदौ २०, कावासोती : नवलपुर ( नवलपरासिःवर्दघाट सुस्ता पूर्व)को गिरुवारिमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष आउँदो २२ गतेबाट सुरु हुने भएको छ । स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रकालागि खेलकुद भन्ने मुल उद्येश्य सहित हरेक वर्ष हरितालिका तिजको अवसर पारि युनाईटेड युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगितामा देशभरका चर्चित क्लबहरुले सहभागिता जनाउने युवा क्लबका सचिव गोकुल सारुले बताए ।

हुप्सेकोट गाउँपालिका वडा नं. ३ स्थित श्रि सरस्वति सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा २२ गते दिउँसो साढे तिनबजेबाट सुरु हुने खेलकालागि भदौ १९ गते भित्र दर्ता भएको टिमहरु …

नेपालविरुद्ध नखेल्ने भए भारतका सबैभन्दा खतरनाक बलर बुमराह

भदौ १८, काठमाण्डौ : एसिया कप क्रिकेट प्रतियोगितामा आज हुने नेपाल र भारतबीच खेलमा भारतका सबैभन्दा सफल फास्टबलर जसप्रित बुमराहले नेपालसँगको खेल नखेल्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुमराह आजै भारत फर्किँदै छन् । उनी व्यक्तिगत कारणले भारत फर्किन लागेको जनाइएको छ । बुमराह नहुनु नेपालका लागि सुखद् खबर हो । किनकी उनी विश्वकै सफल फास्ट बलर मानिन्छन् ।
श्रीलंकाको पल्लेकेल मैदानमा दिउँसो सवा तीन बजे खेल सुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्न सके नेपाल सुपर फोरमा प्रवेश गर्नेछ । नेपाल पाकिस्तानसँगको खेलमा पराजित भएको थियो ।

आलुको विउ उमार्ने नयाँ तरिका

भदौ १८, काठमाण्डौ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा रहेकाे खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बिउ उत्पादन थालेको छ । धुलिखेलमा रहेकाे काठमाण्डाै विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।

यस उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेशिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भन्नुभयो । उहाँका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।
एक बिरुवामा …

नेपाल र भारतबीचको क्रिकेट हेर्न विद्यालयमा बिदा

भदौ १८, काठमाण्डौ : एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले हिजो आईतबार नै एक सूचना जारी गरेर आज दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।
सूचनामा भनिएको छ, ‘जनकपुरधाम उप(महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा …

नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग आज पहिलोपटक प्रतिस्पर्धा गर्दै

भदौ १८, काठमाण्डौ : नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन। छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो।
नेपालले भारतका यू-१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। पछिल्लोपटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको दुई महिना पनि पूरा भएको छैन। एसिसी इमर्जिङ टिम्स कपअन्तर्तग नेपाल र भारतबीच श्रीलंकामा प्रतिस्पर्धा भएको थियो। समूह चरणको खेलमा …

बालेनको स्ट्याटसले सामाजिक सञ्जालमा खलबलि : बास्तविकता यस्तो

भदौ १७, काठमाण्डौ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउने भन्दै शनिबार राति विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।
उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले कोटेश्वरमा नियमित चेकजाँचमा महानगरपालिकाको गाडी परेको जानकारी दिए । पासबिनाको गाडी पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएको उनको भनाइ …

आजदेखि हेलो सरकार पुनः सञ्चालनमा/२४ सै घण्टा सेवा

भदौ १७, काठमाडौं : सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गरेका हुन्। हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो।
हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ। ०६८ सालमा डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला हेलो सरकार सेवा सुरु भएको थियो। बीचको विभिन्न समयमा यो सेवा कहिले खुल्ने त कहिले बन्द हुने गर्दै आएको थियो।

भारतीय बैंकका गभर्नर दास विश्वकै उत्कृष्ट

भदौ १७, काठमाडौं  : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा परेका छन् । आरबीआई गभर्नर दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।
‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको आरबीआईले एक्स ९ट्वीटर० मार्फत जानकारी गराएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा …

म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

भदौ १७, काठमाण्डौ : म्यानमारसँगको मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टोली घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले फिफा विन्डो अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
यस्तो छ नेपाली टोली :
गोलकिपर– किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल
डिफेन्डर– सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा
मिडफिल्डर– एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु
फरवार्ड– आयुष घलान, नवयुग श्रेष्ठ, …

एमाले अध्यक्ष ओलीले गरे नयाँ खुलासा तत्काल छानबिन गर्न प्रचण्ड सरकारलाई चुनौती

भदौ १७, काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न सरकारलाई फेरि चुनौती दिएका छन् ।
एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कुन जग्गा कसको पालामा लिएको थियो भन्ने विवरणसमेत खुलाउँदै चाँडो छानबिन गर्न चुनौती दिएका हुन् । ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताए । त्यस्तै दरवारमार्गको जग्गा प्रचण्ड प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा …

कावासोतीमा एमाले नगर अध्यक्ष तलब विवाद : विरोध पछि निर्णय सच्याउदै मेयर भुसाल

भदौ १६, कावासोती : नवलपरासी(वर्दघाट सुस्ता पूर्व), नवलपुरको कावासोती नगरपालिकाले एमाले नगर अध्यक्ष रामकृष्ण ढुङ्गानालाई मासिक ४३ हजार ६ सय रुपैयाँ तलब दिन थालेपछि विवाद भएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेविसंघले सो कार्यको विरोध गर्दै एमालेबाट निर्वाचित मेयर विष्णुप्रसाद भुसाललाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै भुसालले त्रुटिपूर्ण निर्णय भए त्यसलाई रद्द गर्ने प्रतिबद्धता जनाएका छन् । नगरप्रमुख भुसाललाई एमाले स्थानीय नेता ढुङ्गानालाई राजनीतिक सल्लाहकार नियुक्त गरेर अधिकृत स्तरको मासिक तलब सुविधा दिन थालेपछि नेविसंघ तथा अन्य राजनीतिक दलका स्थानीय नेताहरूले विरोध गरेका छन् ।
गण्डकी प्रदेश …

“जनतामा ठूलो छटपटी र आक्रोश छ” : महामन्त्री थापा

रासस, भदौ १६,धुलाबारी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।
नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।
“जनतामा ठूलो छटपटी छ, आक्रोश छ”, उनले भने, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफुलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, …

एक सातैमै तोलामा १४ सय बढ्यो सुनको मूल्य

भदौ १६, काठमाडौँ : यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो । यसबाहेक, सुनको मूल्य …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode