दुर्लभ खगोलिय साइतमा अर्जुनचौपारीमा नवग्रह मन्दिर अनुष्ठान, अन्य समय भन्दा लाखौँ गुणा बढी प्रभावशाली हुने शास्त्रिय विश्वास
अर्जुनचाैपारी,स्याङ्गजा । २०२५ को जनवरीको मध्यमा अद्भुत खगोलीय घटना हुनेछ जसमा पृथ्वीका आकाशमा सात ग्रहहरू पङ्तिबद्ध हुनेछन् । यस समयमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, वृहस्पति, शुक्र र शनि ग्रहहरू मिलेर एउटा अद्वितीय शक्ति समिश्रणको निर्माण गर्नेछन् जसको दृष्य पृथ्वीबाट नाङ्गो आँखाले समेत अवलोकन गर्न सकिनेछ ।
ज्योतिष शास्त्रअनुसार यसमा अझ विशिष्टता के छ भने यस्तो घटना ब्रहमाण्डमा आगामी १४४ वर्षपछि मात्र आउँछ । ग्रहका गुरु मानिने वृहस्पति हरेक राशिमा १२ वर्ष रहने हुँदा १४४ वर्ष अघिदेखि सुरु भएको एक चक्र यस अवधिमा पूरा गरी अर्को राशिमा प्रवेश गरेका छन् र वृहस्पतिको …
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कार्तिक २०, कावासोती : नवलपुरको तराई भेग सहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।
जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ …
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
१५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् …
तिहार चहलपहल सुरु, बजारभरि प्लास्टिकका प्रतिबन्धित फूल
१२ कात्तिक, काठमाडौं । फूलहरूको पर्व तिहार सुरु भएसँगै बजारभरि छ्याप्छ्याप्ती प्लास्टिकका प्रतिबन्धित फूल देखिन थालेको छ । यसले प्राकृतिक फूल ओझेलमा पर्ने देखिएको छ ।
सरकारले नेपालभरि प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ ।
सहरमा प्लास्टिकको फूल, माला पाउनु सामान्य झैं देखिन्छ । उपत्यका सहित वीरगञ्ज, हेटौंडा, गौर, जनकपुर, विराटनगर, बुटवल, नेपालगञ्ज जस्ता ठूला सहरमा समेत यसको नियन्त्रण भइरहेको देखिँदैन ।
अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल देखिन थालेको हो । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाले बिहीबार सूचना …
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
१२ कात्तिक, काठमाडौं । भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।
१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।
१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।
हेर्नुहोस् पाञ्चाङ्ग निर्णायक समितिको सूचना
भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?
२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो ।
यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।
तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।
भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. …
आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा
२९ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले …
आज तिहारको तेस्रो दिन : गाईको पूजा गरी मनाइँदै
२७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र …
आज कुकुर पूजा र लक्ष्मी पूजा एकैशाथ गरिदै ।
२६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि …
हिन्दुहरुको महान चाहड बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै
काठमाडौं । यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ ।
नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यो दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
यस दिन विहानै आत्मशुद्धी गरी नदी, खोला, बगर …
जितिया पर्वको दोस्रो दिन आज निराहार व्रत बस्दै थारु महिला
काशिराम महतो, कावासोती । आश्विन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाईने थारु महिलाहरुको पर्व जितियाको दोस्रो दिन आज व्रतालु महिलाहरु निराहार व्रत बसेर मनाउदै छ्न ।
सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाईने यो पर्व नवलपुर, चितवन सहित पुर्वी र पश्चिम नेपालका थारु र मधेसी समुदायका महिलाहरुले पनि मनाउने गर्द्छ्न ।
थारु संस्कृति अनुसार सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भन्ने गरिन्छ । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा …
जितिया : छोराको आयुका लागि आमाले व्रत बस्ने पवित्र पर्व
असाेज, १८, एन. सन्चारः तराईमा बसोबास गर्ने थारु, राजवंशी तथा मधेशी समुदायले मूलरुपमा मनाउने पर्व हो जितिया । तीजकै संस्कारसँग अलिअलि मिल्ने यो पर्व तीजभन्दा बढी लामो र कठोर व्रत हुन्छ । यो पर्व अहिले तराईमा बसोबास गर्ने पहाडी समुदायले समेत मनाउन थालेका छन् ।
जितियासम्बन्धी विभिन्न कथा र किंवदन्ती छन् । भविष्य पुराणका अनुसार आर्यवर्तमा समुन्द्र नजिकै नर्मदा नदी छ । त्यस ठाउँमा मलयकेतु नाम गरेका एक राजाले राज्य गर्थे । नर्मदा नदीको किनारमा ठूलो वरको रूख थियो । जसको फेदीमा पोथी स्याल बस्दै आइरहेकी थिई भने हाँगामाथि गिद्ध बस्दै …
बसन्तपुरमा इन्द्रजात्रा उत्सव (तस्वीरहरु)
११ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ ।
इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइँदैछ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन् ।
हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिले इन्द्रजात्रा अवलोकन गरेका थिए ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि …
हरितालिका तीजमा पशुपतिमा व्रतालु महिलाको भीड (फाेटाे फिचर)
काठमाडौं । आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ ।
आज देशभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड छ । पशुपति नाथ मन्दिरमा पूजा आरधनापछि ब्रतालु महिलाहरु नाचगान गरेर रमाइरहेका छन् ।
धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
काठमाडौं । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।
हरेक वर्ष आश्विन संक्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइन्छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिएको हो ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौंको भद्रकाली, दक्षिणकाली लगायतका मन्दिरमा सवारीसाधानको …
बुवाको मुख हेर्ने दिनमा यि उपहार दिनुस ।
काठमाडौं । बुवाको मुख हेर्ने दिनमा आफ्नो बुबाको लागि केही विशेष योजना बनाउन सकिन्छ । यो दिन विशेष उपहार दिएर पनि बुवाको मुहारमा खुसी ल्याउन सकिन्छ ।
यदि उपहार उपयोगी र बुवाको रुचि अनुसारको भयो भने त झन् सुनमा सुगन्ध थपिन्छ । त्यसैले उपहार किन्नुअघि बुवाको रुचि थाहा पाउन सकियो भने उपहार अझै विशेष हुन्छ ।
स्मार्ट फोनः
यदि बुबासँग धेरै साधारण वा फोन पुरानो छ भने स्मार्ट फोन उपहार दिन सकिन्छ । यदि बुबालाई ग्याजेटहरू मन पर्छ र पहिले नै राम्रो फोन छ भने उहाँलाई इयरफोन वा इयरबडहरू उपहार दिन सकिन्छ ।
अहिले …
आज न्वागी पर्व मनाउँदै चेपाङ समुदाय, तीन जिल्लामा सार्वजनिक बिदा
भदौ २२, चितवन : आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बाग्मती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
यस वर्ष पनि चेपाङ …
आज कृष्ण जन्माष्टमी, यसरी गरिन्छ भक्ति, पूजा र आराधना
भदौ २०, कावासोती : आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतनालगायतको दमन गरी …
के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १५, कावासोती : नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
: ग्रेगरी ग्याब्रियल मास्करिनेक
धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …
आज जनैपूर्णिमा तथा गाइजात्रा पर्व मनाइँदै
तराईका जिल्लामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर मनाइँदै :
१४ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
यसै दिन ब्राह्मण, …