आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

एन सञ्चार, पुष १७ः  आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएकाे छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् काे सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्  लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरीयन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। 
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। 
यो संवत् नेपालमा प्रचलनमा …

द राइजिंग नवलपुरको ग्रयाण्ड फिनालेमा ”इकू” आउदै

एन सञ्चार, १६ पुषः आगामी माघ १ गते हुने द राइजिंग नवलपुरको ग्रयाण्ड फिनालेमा चर्चित कलाकार इकू नवलपुर  आउने हुनुभएको छ । फिनाले कार्यक्रममा नेपाली चलचित्र का निर्माता किरण नेपाली को प्रमुख अतिथ्यता रहने भएको छ ।
त्यसैगरी जज प्याननलमा म्यूजिक भिडियो निर्माता एवम डान्स कोरियोग्राफर राज कुमार दर्जी, नेशनल कोरियोग्राफर सुजीत बश्याल, एक्ट्रेस एवम डान्सर कविता न्यौपाने, कोरियोग्राफर एवम इभेण्ट अर्गनाइजर प्रशान्त साह, एक्ट्रेस मोडल सबू शाही, मोडल प्रतीक्षा खड्का अनी ओ ए इभेण्ट कि विजेता प्रेसना न्यौपानेले निर्णायक को भुमीका निर्वाह गर्नुहुने भएको छ ।
ग्रयाण्ड फिनालेमा दीपिका भण्डारी, सृजू …

पश्चिम नेपालमा ‘पुसे १५’, गुरुङ समुदायमा ‘तमु ल्हाेसार’ : आज सार्वजनिक बिदा

एन सञ्चार, पुष १५ः गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ। 
जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाे छ। 
याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन्।
१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ।  यसपछिका रात घट्दै जाने गर्छ। तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
पश्चिम नेपालमा …

धुर्मुस-सुन्तलीको १३ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ ।
यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ ।

गीतमा कुमार कट्टेल र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा बन्देप्रसादको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

गीतमा मायाले जीवन सजाउन धुर्मुस र सुन्तलीले एकअर्कालाई आग्रह गरेका छन् । …

रचनाको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजिनक ।

काठमाडौं । गायिका रचना रिमालले ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा रचनासँगै रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीको स्वर छ ।
धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । रचनाले आफ्नै युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ ।

यसपटक आफूले फरक किसिमको गीत गाएको भन्दै रचनाले गीतलाई स्रोता–दर्शकले पनि रुचाएको बताइन् । ‘युट्युब भ्युज केही कम भएपनि अधिकांश प्रतिक्रिया सकारात्मक छन् । त्यसले एकदमै उत्साहित छु,’ रिमालले …

चलचित्रलाई लिएर उत्साहित छु — ‘ओभरडोज’का अभिनेताकाे भनाइः

काठमाडौं । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको सिलसिलामा सात वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका हुन् ।
‘एकदमै मेहनत गरेको थिएँ । मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु,’ पन्तले भने । उनको यो पहिलो चलचित्र हो । प्रनिशले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन । बाहिर गएपछि अभिनयको बाटो खुल्यो,’ उनले भने ।

अमेरिका बस्ने दुई …

हलमा सुपर फ्लप भएका नेपाली फिल्म युट्युबमा ब्लकबस्टर

काठमाडौं । दुई दिनदेखि चलचित्र ‘हजार जुनीसम्म’ले नेपालमा युट्युब ट्रेण्डिङको पहिलो स्थान ओगटेको छ । चलचित्रलाई हरेक दिन १० लाख दर्शकले हेरेका छन् । यसको अर्थ युट्युबमा यो चलचित्र ब्लकबस्टर भइसक्यो ।
विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय छ ।
युट्युबमा दर्शकको उच्च साथ पाएको यो चलचित्र हलमा भने सुपर फ्लप भएको थियो । निर्माताले गरेको लगानीको ठूलो हिस्सामध्ये केही प्रतिशत रकम मात्र यो चलचित्रले उठायो । हलमा दर्शक नै नपाएको चलचित्रले युट्युबमा भने दुई दिनमै २१ लाखभन्दा बढी दर्शक पाएको …

हराउँदै देउसीभैलीको रौनक

कात्तिक २१, खोटाङ, 
खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ बाहुनीडाँडालगायत ठाउँमा करिब एक दशकयता देउसीभैलीको रौनक हराउन थालेको हो । क्रिश्चियन धर्म अपनाउने दर बढेसँगै केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानीलगायतका वडामा देउसीभैलीको रौनकमा कमी आएको स्थानीय बताउँछन् । गाउँमा क्रिश्चियन धर्ममा लाग्नेको संख्या बढ्दै गएपछि देउसीभैलीको रौनकमा असर पुगेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फुका स्थानीय केसीराज राईले बताए । 
किराँत, हिन्दु, क्रिस्चियन र …

‘बाहिर खुसी देखिए पनि भित्र भने एक्लोपनबाट पीडित छन् सलमान’

कात्तिक २०, मुम्बई , एजेन्सी ।। बलिउड अभिनेता तथा निर्देशक महेश माञ्जरेकरले अभिनेता सलमान खान बाहिर जति खुसी देखिन्छन्, भित्र भने एक्लोपनबाट पीडित रहेको खुलासा गरेका छन्। पछिल्लो समय ‘अन्तिम’ फिल्ममा सलमानलाई निर्देशन गरेका माञ्जरेकरले हालैको एउटा अन्तर्वार्तामा धेरै कुरा खोलेका छन्। 
सलमानसँग माञ्जरेकरको लामो समयदेखि संगत छ। सलमान माञ्जरेकरलाई दाइजस्तो व्यवहार गर्छन्। माञ्जरेकरले सुटिङका क्रममा सलमानसम्बन्धी अनुभूत गरेका विविध कुराहरू दर्शकमाझ ल्याएका हुन्।
‘सलमान बाहिर जति खुशी देखिन्छन्, भित्र भने उनी एक्लो छन,’ माञ्जरेकरले भनेका छन्, ‘एक्लै बस्दा उनी कताकता हराइरहेका हुन्छन्। उनलाई एक्लोपनले खाइरहेको छ। त्यसैले उनले अब बिहे गर्नै …

नवलपुरमापनि नेवार समुदायले मनायो मौलिक पर्व म्हपूजा र नेपाल सम्वत्

१९ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेवा गुठीहरुको आयोजनामा नयाँ बर्ष नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना आदानप्रदान तथा शोभा यात्रा निकालेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी कावासोती ३ नमुना सदरमुकामबाट त्रिभुवनटार, थाना चोक हुँदै पुन नमुना सदरमुकाम सम्म मोटरसाइकल र्याली एवम् शोभा यात्रा गरिएको छ ।
त्यसैगरी आज नै गैडाकोट, देवचुली, मध्यविन्दु, विनयी त्रिवेणी लगायतका क्षेत्रमा पनि नेवा गुठीहरु शुभकामना आदानप्रदान तथा र्याली निकालेर नयाँ बर्ष ११४२ को स्वागत गरेका छन् ।
यता तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर …

पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?

दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन ।
पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्दीबाट भित्र्याए ।
उनले सायद चीन, तिब्बत र पूर्वी एसियाबाट यस्तो प्रचलन सिकेर आएका थिए । अन्यथा ऋग्वेदमा …

तिहार विशेषः किन मनाइन्छ तिहार?, कुन दिनको महत्व कस्तो?, तिहारको टिकाको शुभसाइत बिहान ११ः०२ बजे,

कात्तिक १७, काठमाडौं ।।
हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदैछौं। हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार। यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ। तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो। दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार भनिन्छ। यसदिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ। अन्तिम दिन भाइटीका हो। यसपटक हामीले तिहारको महत्व र पाँच दिन के के गरिन्छ भनेर केलाउने प्रयास गरेका छौं।
के हो …

देउसीभैलो राति १० बजेसम्म मात्र, पटाका पूर्णरूपमा निषेध

कात्तिक १५, पोखरा ।। तिहार नजिकिँदै छ। कोभिड थपिँदो छ। स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ। 
कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ। कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो। पटाका, आतसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ। यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ।
यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ।

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सम्पन्न

कात्तिक १४, काठमाडौं ।। बलिउड चलचित्र ‘उचाइ’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । 
दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्य तालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रवार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।
सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए । 
चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण …

फेसबुक कम्पनीको नाम अब मेटा

कात्तिक १२, एजेन्सी ।। सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्।
फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।  

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्।
यो कुरा कम्पनीको …

‘मुन्द्रे’को कमेडी क्लबमा केपी ओलीलाई जितुको निमन्त्रणा

यो साता अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने हल्लाले बजार तातिएको थियो । बजार तातिएकै बेला बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेटघाट गरेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् करिश्माले । 
डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टी छाडेपछि अभिनेत्री मानन्धरको राजनीतिक सक्रियता छैन । बरु उनी पढाइलाई अगि बढाएकी छिन् ।
ओलीसँगको तस्बिरमा करिश्मासँग राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वली, कलाकार जितु नेपाल पनि छन्। जितुले पनि तस्विर सेयर गर्दै सामाजिक सञ्जालमा करिश्मासँग ओलीको पढाइकेन्द्रित कुराकानी मात्र भएको इंगित गरेका थिए।
करिश्माले पनि ओलीसँग पढाइ …

जुङ्गाको युद्ध कायमै छ , खासमा को चाँहि महानायक ?

२६ असोज, कावासोती,प्रकाश भुसाल|| नेपालको राजनितिमा पाए जो पनि प्रधानमन्त्री बन्न तयार भए जस्तै चलचित्र क्षेत्रमा पनि को महानायक भन्ने चर्चा सेलाउन पाएको छैन।
रङ्ग पत्रकार प्रकाश सुबेदीको कार्यक्रममा दिपाश्री निरौलाले को महानायक ? भनेर अभिनेता राजेश हमालको फिल्मी करीयर माथि प्रश्न उठाएपछि र अर्का कलाकार दीपकराज गिरि समेतले उस्तै अभिब्यक्ति दिएपछि यो प्रसङ्ग बढि बिबदास्पद बन्यो । त्यसो त नायक राजेश हमाल भने यो बिषय आम दर्शकको आँफुप्रतिको माया बताउछन नकि कसैले दिएको अवार्ड ।
उता नायकद्वय भुवन के सी तथा शिव श्रेष्ठ समेतले आफुहरु राजेश हमाल भन्दा अघि नेपाली चलचित्र …

घिमिरेको निर्देशनमा नेपाली छोटो चलचित्र “प्रेत आत्मा” सार्वजनीक

बाबुराम घिमिरेको निर्देशनमा नेपाली छोटो चलचित्र“प्रेत आत्मा” सार्वजनीक भएको छ । यसैविचमा घिमिरेको निर्देशनमा समाजमा घटेका विषयबस्तुहरुलाई समेटेर बनाइएको नया “प्रेत आत्मा”सार्वजनिक भएको हो ।
सो भिडियोमा यस भन्दा अगाडि थुप्रै म्यूजिक भिडियो र छोटो चलचित्रमा अभिनय गरेका सुर्य प्रसाद पन्थीको अभिनय समेत रहेको छ । पन्थीले लोक दोहोरीमा बिहेकै दिन भयौ बेपत्ता, अधुरो यात्रा, बरिलै र प्रेत आत्मामा समेत अभिनय गरिसकेका छन् ।
छोटो चलचित्रमा बाबुराम घिमिरेको निर्मातामा बनेको थियो । अभिनयमा सुर्य प्रसाद पन्थी, रोजीना गैरे, निष्ठुरी धुर्र्व पोख्रेल, विनोद क्षेत्री, कृष्ण खनाल, बाबुराम अर्या,कमला क्षेत्री रहेका छन् । साथै …

नवराज र गोपिकृष्णको निर्देशनमा पारिवारिक कथामा आधारित “बाटुली” सिरिजको शुरुवात

नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो ।
सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’मा २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । निर्देशक चापागाईंले मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबिच हुने विभेदलाई टेलिफिल्ममा देखाइएको बताए । टेलिफिल्ममा गोपीकृष्णकै कथा छ ।
‘बाटुली’को निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व नवलपुरमा गरिएको हो । अर्का निर्देशक अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन …

संगित बुझेर यसमा प्रवेश गर्दा सफलता मिल्छ । गायक तथा संगितकार ढकाल

गायक तथा संगितकार विशाल ढकाल हाल अष्ट्रेलियामा छन नवलपुरको गैडाकोट नगरपालीका ५ स्थायी घर भएका ढकाल वुवा कुलप्रसाद र आमा दुर्गामाया ढकालको कोखबाट जन्मियका हुन ।
मध्यम वर्गिय परिवारमा हुर्केका ढकालले स्थानिय बाल बिकास स्कुलमा १९ बर्षसम्म शिक्षकको रुपमा काम गरेका थिए । उन्का श्रीमती छोरा छोरी समेत छन ।
सानैदेखी गित संगितमा रुची राख्ने ढकालले स्वरसम्राट नारायण गोपाल,भक्तराज आचार्य ,फतेमान लगायतका गाएकका गितहरु अत्याधिक मात्रामा सुन्ने गर्थे । उनै कलाकारहरुको प्रेरणाबाट नेपाली सुगम संगितमा पाइला चालेको उनी बताउछन ।
यसै विषयमा हाम्रा सहकर्मी हरि सुवेदीले गरेको छोटो वार्ता यहासमक्ष प्रस्तुत गरेका छौ …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode