नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा
कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना संक्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।
त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो …
डेंगुका बिरामीले भरिन थाले अस्पतालहरू ।
७ असोज, काठमाडौं । पछिल्लो एक हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा डेंगुका बिरामीको चाप बढ्दो छ ।
आइतबार मात्रै आकस्मिक कक्षमा १७ जना डेंगुका बिरामी भर्ना भए । ‘हिजो बेलुका आकस्मिक कक्षको सबै बेड भरियो । प्यासेजमा राखेर उपचार गनुपर्यो’, आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवले अनलाइनखबरसँग भने ।
पछिल्लो १० दिनयता डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । टेकु अस्पतालको तथ्यांक अनुसार असोज १ गते– ११, २ गते –३ , ३ गते –२३, ४ गते –२८, ५ गते – १९ र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना …
के हाे मिसोफोनिया ? यस्ताे छ उपचार विधि ।
ढोका खोल्दा वा बन्द गर्दा, चर्को स्वरमा कुरा गर्दा, सवारीसाधन गुड्दा वा सुतेको बेला कसैले घुर्दा आउने आवाज धेरैका लागि सामान्य लाग्छ । तर हामीमध्ये केहीलाई यी आवाजले तनाव दिन्छ । झर्को लगाउँछ, रिस उठ्छ । एकछिन पागल झैं बनाउँछ । न प्रभावित व्यक्तिलाई किन यस्तो भएको थाहा हुन्छ न त उसको समस्या अन्य कसैलाई पत्तो हुन्छ ।
यस्तो समस्यालाई विज्ञले मिसोफोनिया वा सेलेक्टिभ साउन्ड सेन्सिभिटी सिन्ड्रोम नाम दिएका छन् ।
मिसोफोनिया कस्तो समस्या ?
यो एक मनोरोग हो । जुन भावनात्मक कारणले गर्दा कुनै आवाजलाई सहन कठिन हुन जान्छ । यो समस्या हुँदा …
यसरी गर्न सकिन्छ नवजात शिशुको उचित हेरचाह ।
काठमाडौं । नवजात शिशुको उचित हेरचाह गर्न नजान्दा समस्या निम्तिन सक्छ । नवजात शिशुको उचित हेरचाह कसरी गर्ने भनेर पहिलोपटक आमाबाबु बनेका र उनीहरुका परिवार इन्टरनेटको सहारा पनि लिन खोज्छन् । तर इन्टरनेटमा पाइने थरिथरिका सुझावले झन् अलमलमा पर्छन् । के सही र के गलतबीचको भिन्नता नै बुझ्दैनन् । यस्तो अवस्थामा नवजात शिशुको हेरचाहको सन्दर्भमा कुन कुरामा ध्यान दिन आवश्यक हुन्छ रु यहाँ हामी केही कुरा भन्न गइरहेका छौं ।
दूध खुवाउनेः
अपरिपक्व शिशुले अरु सामान्य शिशुले जस्तै सजिलै आमाको दूध खान सक्दैन । त्यसैले अपरिपक्व अवस्थामा जन्मिएको शिशुले आमाको दूध थोरै मात्र …
झुक्कियर पनि नखानुस यस्ता परिकार मृत्युको मुखमा पुर्याउन सक्छ ।
काठमाडौं । संसारमा धेरै ठाउँहरू छन् । सबै ठाउँको आ–आफ्नै खानपान र रहनसहन हुन्छन् । ठाउँ अनुसारको आ–आफ्नै विशेष परिकार पनि हुन्छन्, जसलाई मानिसहरूले स्वादका लागि खाने गर्छन् ।
तर केही परिकार यस्ता पनि हुन्छन् जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । यस्तै एउटा अनौठो परिकार दक्षिण एसियाका मानिसहरुले खाने गरेका छन् । यो परिकार स्वादमा मिठो भए पनि स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ, जसको सेवनले वर्षेनि हजारौं मानिसको ज्यान जाने गरेको छ ।
ओडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टका अनुसार यो थाइल्यान्डको विशेष परिकार हो, थाइल्यान्डको खोन केन नामक प्रान्तका मानिसहरूले यो परिकारलाई खाने …
वर्षायाममा हुने संक्रामक रोगको जोखिमबाट कसरी बच्ने ?
गर्मी तथा वर्षाको मौसम सुरु भएसँगै सरुवा रोगको जोखिम बढ्छ । पानीजन्य संक्रमण, खानपान, हावा र कीटाणुका कारण सरुवा रोग लाग्छ । वर्षायाममा भेल मिसिएर खानेपानीका स्रोतहरु दूषित हुन पुग्छन् । पानीमा जनावरको मलमूत्र मिसिएर पनि खानेपानीको स्रोत दूषित हुन्छ । त्यसैले दूषित पानीबाट सर्ने रोग गर्मी र वर्षयाममा धेरै हुन्छन् ।
यो बेला लामखुट्टे पनि बढी हुने भएकाले यसले पनि विभिन्न रोग निम्त्याउँछ । खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिंगा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकाले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुन्छ । यस्तोमा गर्मी तथा वर्षामा लाग्ने मुख्य …
बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?
घरमा साना बालबालिका भएका आमाबुबा बच्चाको स्वास्थ्यको विषयमा निकै सचेत हुन्छन् । अझ पहिलो सन्तानको पालोमा त अभिभावकलाई बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरा खासै थाहा हुँदैन । त्यसैले सामान्य समस्या देखा पर्दा पनि अभिभावक आत्तिन्छन् ।
कहिलेकाहीं बच्चाले छिटो सास फेर्दा त्यसले पनि अभिभावकलाई चिन्तित बनाउन सक्छ । तर नवजात शिशुले छिटो सास फेर्छन् भने त्यो चिन्ताको विषय नहुन सक्छ । दुई महिना भन्दा कम उमेरका बच्चाले एक मिनेटमा ६० पटकसम्म सास फेर्छन् भने त्यो सामान्य हो ।
दुई महिनादेखि एक वर्षसम्मको बच्चाले एक मिनेटमा ४० पटकसम्म सास फेर्छ भने त्यो …
गर्मीमा कुन ड्राई फ्रुट्स कति र कसरी खाने ?
जाडोमा धेरै जसो मानिसले काजू–बदाम तथा अन्य धेरै प्रकारका ड्राई फ्रुट्स खाने गर्छन् । तर गर्मी मौसम लाग्ने बित्तिकै भने यसको सेवन गर्न छोड्ने गर्छन् । किनभने धेरैले गर्मीमा ड्राई फ्रुट्सको सेवनले शरीरमा गर्मी बढाउने गर्छ भन्ने मानसिकता राखेका हुन्छन् । तर विज्ञ र डाइटिशियनले भने मौसम अनुसारको ड्राई फ्रुट्सलाई आफ्नो आहारमा समावेश गर्ने सल्लाह दिएका हुन्छन ।
हामीले गर्मी मौसममा यस्तो ड्राई फ्रुट्सको सेवन गनुपर्छ, जसले शरीरलाई चिसो राख्न र पर्याप्त पोषण प्रदान गर्न मद्दत गर्छ । आज हामी तपाईंहरुलाई गर्मी मौसमा कुन ड्राई फ्रुट्स कति र कसरी खाने भन्ने …
स्मरणशक्ति बढाउन सहयाेग पुर्याउने खाद्दयबस्तुहरू ।
स्मरणशक्तिमा ह्रास आउनु आजभोलिका मानिसहरुमा सामान्य समस्याकै रुपमा विकसित भइसकेको छ । धेरै मानिसहरुमा यो समस्या सामान्य रुपमा रहने गरे पनि केही मानिसहरुमा भने बिकराल रुप नै लिने गरेको हुन्छ ।
यसरी स्मरणशक्ति कमजोर भइ साना साना कुरा बिर्सिने बानी कालन्तरमा ठूलै रोग बनेर निस्किन्छ । तसर्थ समयमा नै त्यसलाई पहिचान गरी समाधानको बाटोमा लाग्नुपर्दछ । यस्तो अवस्थाबाट बच्नको लागि हामीले हाम्रो दैनिक दिनचर्यासहित खानपानमा समेत ध्यान दिनुपर्दछ । जसले हामीलाई स्मरणशक्ति बलियो बनाउन मद्धत्त गर्दछ । आज हामी तपाईंलाई स्मरणशक्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौँ ।
स्मार्टफोन चलाउनुको सट्टा …
नङ टोक्ने बानीले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य जोखिमहरु
काठमाडौं । नङ टोक्ने बानी स–साना बालबालिकाको मात्र नभएर ठुलो व्यक्तिहरुको पनि हुने गर्छ । यस्तो बानीले हामीले घरमा गालि पनि खाइरहने गरेका हुन्छौँ । तर के तपाईंलाई थाहा छ नङ टोक्ने बानीले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्न सक्छ ? नङ टोक्ने बानीले हामी गम्भीर रोगको शिकार पनि हुन सक्छौँ । यस्तो बानीले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु निम्त्याउन सक्छन् । आज हामी तपाईंहरुलाई नङ टोक्ने बानीले स्वास्थ्यमा पार्ने असरहरु र यस्तो बानीबाट छुट्कारा पाउने टिप्सका बारेमा जानकारी दिनेछौँ ।
नङ टोक्ने बानीले स्वास्थ्यमा पार्ने असरहरु :
ब्याटेरियल इन्फेक्सनको जोखिम
दाँतले नङ टोक्दा नङमा …
एन्जाइटीको कारण हुनसक्छ प्यानिक अट्याक
प्यानिक अट्याक एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासि डर लाग्ने हुन्छ । प्यानिक अट्याक हुँदा सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने लगायत विभिन्न लक्षण देखा पर्छन् ।
सरल भाषामा भन्दा साधारण अवस्थामा कसैले असाधारण प्रतिक्रिया दिन्छन् भने त्यो प्यानिक अट्याक हो । यो तब हुन्छ जब मानिसहरू आफ्नो जीवनमा भइरहेको कुनै घटनाको बारेमा चिन्तित हुन्छन् वा उनीहरूले केही कठिन वा तनावपूर्ण अनुभवको सामना गरेका हुन्छन् ।
प्यानिक अट्याक किन हुन्छ ?
प्यानिक अट्याक आउने त्यस्तो विशेष कारण खासै हुँदैन, तर यो एन्जाइटीसँग सम्बन्धित हुन्छ । यसबाहेक चिन्ता, …
प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?
खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप-कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरू सुन्निने र दुख्ने गर्छ ।
यो समस्या फंगल संक्रमण क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । खाली खुट्टा बसियो वा धेरै पानीमा काम गरियो भने फङ्गसको सम्पर्कको कारण खुट्टाको छालामा यो संक्रमण सुरु हुन्छ । यो संक्रामक समस्या भएकाले एक व्यक्तिबाट अर्कोमा फैलिन सक्छ ।
पानीमा धेरैबेर काम गर्नुपर्ने व्यक्ति, किसान, माछा-मासु व्यवसायीमा हिलोले खाने समस्या धेरै देखिन्छ । साथै रोगप्रतिरोधात्मक क्षमता …
पुरुष यौनाङ्ग क्यान्सर विश्वभर अत्याधिक विकराल, किन बढ्दैछ ?
एक पुरुषले आफ्नो लिङ्गमा गिर्खा पलाएको अनुभव गरे । ६३ वर्षीय उनी थुप्रै स्वास्थ्य संस्थामा धाए । तर समस्या पत्ता लागेन ।
‘चिकित्सकहरुले बोसो बढेर मासु पलाएको भन्दै मलाई औषधि खान सिफारिस गर्थे । औषधि खाएपनि लिङ्गमा पलाएको गिर्खा घटेन, बरु बढ्दै गयो । जसको सिधा असर वैवाहिक जीवनमा पर्न थाल्यो,’ उनी भन्छन् ।
बिस्तारै श्रीमती र आफूबीच यौन सम्बन्धमा कमी थालेको उनले महसुस गरे । अन्तत : पाँच वर्षपछि उनले थाहा पाए, आफूलाई लिङ्गको क्यान्सर भएको रहेछ ।
‘यो मेरो परिवारको लागि एकदमै पीडादायी झट्का थियो । मैले क्यान्सरबाट बच्न लिङ्गको केही …
नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत मिर्गौलाका दीर्घ रोगी रहेकाे तथ्य सार्वजनिक
प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक छ ।
नेपालमा भने पर्याप्त तथ्यांक राख्ने प्रणाली (पपुलेसन बेस्ड नेसनल मिर्गौला रजिस्ट्री) नभएकाले वास्तविक दीर्घ मिर्गौला रोगीको संख्या यकिन छैन । यद्यपि ग्लोबल बर्डन अफ डिजिजेजको तथ्यांकमा आधारित एक राष्ट्रिय अध्ययन (अच्युतराज पाण्डे एट अल) अनुसार नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत दीर्घ मिर्गौलाका रोगी रहेका छन् भने मृत्युदर प्रतिलाख दुईदेखि तीन जना रहेको छ । साथै महिला भन्दा पुरुषमा …
शिसुले दुध चुस्न मान्दैनन ? ख्याल गर्नुस कारण यस्ताे हुन सक्छ ।
बच्चाहरू आफ्नो शारीरिक समस्या बताउन सक्दैनन्, तर केही संकेत भने दिन्छन् । त्यही संकेतलाई याद गरेर बच्चाको समस्या पत्ता लगाउन सकिन्छ ।
बच्चाले समस्या हुँदा देखाउने विभिन्न संकेतमध्ये एउटा संकेत दूध नपिउनु हो । यदि बच्चाले दूध पिइरहेको छैन भने यसलाई हल्का रूपमा लिनु हुँदैन । यसका पछाडि धेरै कारण हुनसक्छन्, जुन बच्चाको स्वास्थ्यसँग सम्बन्धित हुनसक्छ ।
सास फेर्न गाह्रो हुनुः
यदि बच्चालाई सास फेर्न समस्या छ भने उसले दूध पिउन सक्दैन । यदि बच्चाले दूध पिउन कोसिस गर्छ भने उसलाई छातीमा दबाब महसुस हुन्छ र सास फेर्न समस्या हुन्छ । यस्तो अवस्थामा …
पायल्स,फिसर,फिस्टुलाको अत्याधुनिक लेजर प्रबिधी मार्फत उपचार गर्दै चितवनको सेन्ट्रल अस्पताल
कावासोती : पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट यी रोगहरुको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रबिधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुन थालेको छ । लेजर प्रबिधी मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।
चितवन जिल्लामै पहिलो पटक पायल्स,फिसर,फिस्टुलाको उपचारका लागि अत्याधुनिक लेजर प्रबिधी भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा पायल्स,फिसर, फिस्टुलाका बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशाशनले बताएको छ ।
“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रबिधिको जानकारी पछि निर्धक्कले उपचार …
वार्षिक झण्डै १ लाखले गर्भपतन गराउने गरेकाे तथ्य सार्वजनिक
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ । महिनावारी भएको पहिलो दिनबाट २८ साताभित्र गर्भमा रहेको विकसित भ्रुण कुनै पनि कारणले बाहिर निस्किने प्रक्रिया नै गर्भपतन हो ।
२०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनको सेवालाई कानुनी मान्यता दिइएको थियो । त्यसयताको तथ्यांक हेर्ने हो भने सुरक्षित गर्भपतन गराउने महिलाको संख्या केही बढेको देखिन्छ ।
सामान्यतया २ तरिकाबाट गर्भपतन गराउने गरिन्छ । औषधीको सेवन र औजार प्रयोग गरेर गर्भपतनको मुख्य तरिकाहरु हुन् ।यसरी औजारको प्रयोगबाट गरिने गर्भपतनलाई मेडिकल भाषामा मेडिकल क्याक र सर्जिकल क्याक भन्ने गरिन्छ ।
सामान्यतया ८ हप्तासम्मको गर्भ औषधीको सेवन गराई …
रामपुरमा ९ सय ५३ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण एवं औषधि वितरण
एन पि अर्याल, पाल्पा : सर्वसुलभ स्वास्थ्य उपचार सेवा जनताको प्रथम अधिकार भन्ने जान्दा-जान्दै पनि राष्ट्रले आवश्यकता अनुरुप स्वास्थ्य क्षेत्रमा बजेट छुट्याउन नसकेको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले बताएका छन् ।
पाल्पाको रामपुर नगरपालिका ५, हुलाकटोलमा अवस्थित रामपुर आयुर्वेद अस्पतालको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले मानिसको स्वास्थ्य उपचार जस्तो संवेदनसिल विषयमा राज्यको लगानि निक्कै कम भएकोले स्थानिय पालिकाहरुले चाहेर पनि जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार दिन कठिन भएको बताएका हुन् ।
थापाले स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थाको अगुवाईमा हुने जनमुखि कार्यक्रमहरुले केन्द्र सरकार र स्थानिय सरकारलाई समेत …
कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?
सीपीआर गर्न छातीको केन्द्रमा बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ ।
कसरी हुन्छ उपचार ?
हृदयघात एकिन भएपछि रगत पातलो पार्ने औषधिहरु एसपिरिन र क्लोपीडोग्रेल खुवाइन्छ । त्यसपछि क्याथ ल्याबमा लगिन्छ । बिरामीको मुटुको अवस्था हेर्न बीपी मोनिटोरिङ गरी एक्सरे सहायताले हातको नाडी वा खुट्टामा सानो प्वाल पारी पाइप छिराएर बन्द रहेको रक्तनली पत्ता लगाई सो नली खोलेर त्यहाँ (जाली वा पाइप) स्टेन्ट राखिन्छ । र, रक्तप्रवाहलाई सुचारु गरिन्छ ।
यति गरेपछि अक्सिजनको प्रवाहमा सुधार आई छातीको दुखाइ काम हुन्छ । र, मुटमा रहेको मांसपेशी …
जाइफलः महिला स्वास्थ्यमा कति महत्वपु्र्ण ?
काठमाडौं । सबैको घरको भान्सामा उपलब्ध हुने जाइफललाई प्रायजसो हामी मसलाको रुपमा वा पुजा सामाग्रीको रुपमा प्रयोग गर्ने गर्छौँ। घरमा सजिलैसँग पाइने यस जाइफलले महिलाको स्वास्थ्य सम्बन्धी धेरै समस्या हटाउन मद्दत गर्छ । भान्सामा उपलब्ध हुने मसालाहरु हजारौं वर्षदेखि परम्परागत चिकित्सामा प्रयोग हुँदै आएको छ ।
यस्तै मसलाहरु मध्येमा जाइफल पनि एक हो । जाइफलमा शरीरलाई तातो बनाउने तत्वको साथै पौष्टिक स्वाद र उत्कृष्ट सुगन्ध रहेको हुन्छ । जसलाई हामी अंग्रेजीमा नटमेग भन्छौँ । जाइफल महिलाहरुको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । खासगरि महिनावारी र अन्य प्रजनन स्वास्थ्य सम्बन्धी समस्यालाई हटाउन यसले मद्दत …
