आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति र घरजग्गा व्यवसायमा यसको प्रभाव
साउन १२, काठमाण्डौँ : आर्थिक वर्ष २०७९/८० को सुरूआती चरणदेखि नै घरजग्गा कारोबार सुस्ताएको थियो। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भयो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकियो। त्यसले घरजग्गा व्यवसायमा झनै असर पार्यो।
अर्को, बैंकको ब्याजदरमा भएको वृद्धिसँगै कर्जा लगानीमा भएको सुस्तताले यसमा प्रभाव पारेको थियो। पछिल्लो समय यी समस्या समाधान उन्मुख हुँदै केही सुधार देखिए पनि घरजग्गा कारोबार माथि उठ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०,८१ का लागि मौद्रिक नीति आएसँगै घरजग्गा व्यवसायीमा आशा भने पलाएको छ।
मौद्रिक नीतिले …
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कार आरोपमा पक्राउ
साउन १२, काठमाडौँ : जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।
जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।
पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश …
देशका पाँच प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना
साउन ११, काठमाडौँ : हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी …
दिनदहाडै नेपालमा बैंक लुटपाट गर्ने समूहका १ जना भारतिका युवा पक्राउ
साउन ११, महोत्तरी : महोत्तरीमा दिनदहाडै हतियार देखाएर बैंक लुटपाटमा संलग्न मध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन्।
गत जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा एक समूहले हतियार देखाएर दिउँसै लुटपाट गरेको थियो। ४,५ जनाको समूहमा आएका नकाबधारीहरुले बैंकका कर्मचारीसहित बैंकमा सेवा लिन आएका सेवाग्राहीलाई नियन्त्रणमा लिँदै १५ लाख रुपैयाँ नगद लुटेका थिए। नम्बर नखुलेको २ वटा मोटरसाइकलमा आएका उनीहरु बैंक लुटेपछि फरार भएका थिए।
उक्त घटनामा संलग्न रहेकामध्ये भारतीय नागरिक साफीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका …
राष्ट्रिय गौरवको आयोजना : मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध
साउन ११, बागलुङ : केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो ।
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए ।
वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौं, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । …
लघुवित्त पीडित र प्रहरीबीच संसद भवन अगाडि धकेलाधकेल
साउन १०, काठमाण्डौ : लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।
आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा केहीबेर धकेलाधकेल भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता डिएसपी अनिल अधिकारीका अनुसार केही प्रदर्शनकारीहरूलाई संसद भवनको तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।
निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच एकछिन धकेलाधकेल भएपनि अहिले स्थिति सामान्य रहेको डिएसपी अधिकारीले बताए।
लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा …
एक वर्ष सकिन लाग्दा समेत झण्डै एक तिहाइ मात्रै काम (नारायणगढ बुटवल सडक खण्ड)
साउन १०, कावासोति : एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको नारायणगढ-बुटवल खण्डको काम थपिएको एक वर्ष सकिन लाग्दा समेत एक तिहाइ हाराहारीमा मात्र हुन सकेको अधिकारीहरूले बताएका छन्।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने, “म निकै आशावादी भएर भन्दा काम सकिन अझै एक वर्षभन्दा बढी समय लाग्छ।”
महेन्द्र राजमार्ग अन्तर्गत पर्ने उक्त खण्ड सडक विभागको जिम्मेवारी अन्तर्गत पर्छ। उक्त सडकको अधिकांश भागमा दुवैतर्फ सर्भिस लेन समेत थपिन लागिएको छ।
तर विसं २०७५ साल चैतमा सुरु गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको उक्त परियोजना …
हर्क साम्पाङ : बालगोपाल मन्दिर र चर्च विवादको वास्तविकता
साउन १०, धरान : धरान जिल्लाको धरान उपमहानगरपालिका १४, सिंहदेवी चोक छेउमै बालगोपाल मन्दिर छ । विजयपुर दरबार आसपासको क्षेत्रमा बुढासुब्बा र पिण्डेश्वर मन्दिरको राडारु क्षेत्रमा रहेको गोपाल मन्दिरको इतिहास करिब ९० वर्ष पुरानो हो । हिन्दुसँगै किराती आस्थाको क्षेत्रको रूपमा प्रचारित विजयपुर क्षेत्रमा अहिले धार्मिक लफडा सुरु भएको छ ।
लामो समयदेखि अस्तित्व भएको मन्दिरअगाडि नै चर्च बनेको भन्दै मन्दिर पक्ष र चर्च पक्षबीच वाकद्वन्द्व चलिरहेको छ । वाकद्वन्दको सुरुवात भएको लामो समय भने भएको छैन । गोपाल मन्दिरअगाडि बन्दै गरेको संरचनामा क्रसु चिह्न राख्न थालेपछि के संरचना बन्न लागेको …
राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका इन्सपेक्टर दुर्घटनाग्रस्त अवस्थामा मृत भेटिए
साउन १०, जनकपुरधाम : राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२(०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।
स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।
मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले दुर्घटनामा परेर उनको मृत्यु भएको अनुमान गरिएको …
डेङ्गीको सङ्क्रमण फैलिँदै/४ हजार बढि संक्रमित
साउन १०, काठमाण्डौ : लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् । गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताएका छन् । उनका अनुसार यसपालि अहिलेसम्म चार हजार जना भन्दा धेरैलाई डेङ्गीको सङ्क्रमण भइसकेको छ।
यसमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए।
उनका अनुसार सबैभन्दा धेरै सुनसरीको …
सात लाख ६८ हजार पशुमा लम्पी स्किनको सङक्रमण निको भैसक्यो
साउन १०, काठमाण्डौ : पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ । अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।
तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।
लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।
यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु …
दाजुको घर र गोठमा आफ्नै बहिनीले आगो लगाइदिइन्
साउन १०, गुल्मी : गुल्मीमा बहिनीले आफ्नै दाजुको घर गोठमा आगो लगाइदिएको खुल्न आएको छ ।
गएराति मानसिक अवस्था ठिक नभएकी मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन्। आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका …
पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुल्यो
साउन ९, चितवन : ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ ।
आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिलो हटाएपछि दिउँसो ४ः३० बजेको समयमा दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
विहान पनि केहीबेर पहिरोले यस सडक खण्ड अवरुद्ध बनेको थियो ।
पत्रकार कुटेको आरोप लागेका जिल्ला संयोजकलाई रा.स्व.पा.ले गर्यो निलम्बन
साउन ९, बझाङ् : राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा. मुकुल ढकालले निलम्बन गरेका हुन् ।
खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।
खड्का दोषी देखिएपछि आजै बसेको …
अनुगमनमा गएका प्रशासकीय अधिकृत सहितको टोलीलाई व्यापारीले थुनिदिएपछि हंगामा
साउन ९, सुनसरि : औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई २ घण्टा बढी थुनेका हुन् ।
गृहको पत्रानुसार औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोलीमाथि हातपातको प्रयास भएको बताइएको छ । औषधी व्यवसायी र व्यापारीको अवरोधका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पु-याएको थियो ।
व्यापारीहरुले ओषधि पसल बन्द गर्ने धम्की …
वर्षाले कावासोति बजार अस्तव्यस्त : गण्डकीका धेरै स्थानमा रोपाइँ हुनै बाँकि
एन सञ्चार अनलाईन संवाददाता, साउन ९, कावासोति : यसअगाडि असारको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा धेरै जमिनमा रोपाई भै सक्ने गण्डकी प्रदेशमा यसपालि भने अहिलेसम्म करिब ७५ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
अधिकांश खेत वर्षामा निर्भर रहेको गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपाई भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाई बढेको हो ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने …
लगातारको वर्षाले देशका विभिन्न स्थान डुबानमा
साउन ९, दाङ : भारी वर्षाका कारण देशका विभिन्न स्थाहरु डुबानमा परेका छन् । गएरातिदेखि लगातार परेको पानीका कारण दाङको देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।
त्यस्तै लमही( ३ कौडिया ९कान्तिपुर गाउँ०का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं। ४१ रिजर्भ गण अर्जुनखोला ९कपिलवस्तु०ले उद्धार गरेको छ । रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरन भट्टको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लगेको …
लापरवाह ठेकेदार घिमिरे/आयोजना अलपत्र पारेर आँफु सम्पर्क विहिन
कुल ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपिँया ७ पैसामा ठेक्का सम्झौता गरेर कार्य गरिरहेका ३ कम्पनिहरु कास्यप, प्राकृतिक र समिर जेभी भएपनि यसको प्रमुख जिम्मेवारि ठेकेदार माधव घिमिरेले लिएका हुन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन ८, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को कावासोति नगरपालिका वडा नं. १३ मा निर्माणाधिन बौनाहा खानेपानि आयोजना ठेकेदारको लापरवाहिका कारण अलपत्रमा परेको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का सम्झौता भई काम सुरु गरेको कास्यप, प्राकृतिक, समिर जेभिले निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा नाघिसक्दा समेत कार्य पुरा गर्न नसक्दा आयोजना अलपत्र परेको …
विद्यालयका व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई जिम्मा दिने तयारि
साउन ८, कठमाण्डौ : काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । असार ३० गते बसेको नगरसभाबाट मेयर बालेन्द्र शाहले हालको विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएका हुन् ।
महानगरका ३२ वडामा ८९ वटा सामुदायिक विद्यालय छन् । विद्यालय व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई जिम्मेवारी दिने महानगरको तयारी छ ।
उक्त निर्णय नगरसभाले पारित गरे पनि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणपछि स्थानीय राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउनेछ । नगरसभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ ।
काठमाडौं …
चुनावी खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना
साउन ८, कामाण्डौ : गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ । निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो ।
निर्वाचन कसुर ऐनको दफा ३१अनुसार कारबाही गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ु१५ हजार जरिवाना र सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न भनेका छौँु, उनले भने ।
उनका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० अनुसार सम्बन्धित …
