बालुटार जग्गा प्रकरणमा सहयोग गर्छु : माधव नेपाल

साउन २९ ,काठमाण्डौ :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए ।
‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ,’ उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी …

साउनको अन्तिम सोमबारमा देशभरका शिवालयमा भक्तजनको घुईँचो

साउन २९, काठमाण्डौ : आज साउनको अन्तिम सोमबार काठमाण्डौको पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ …

धर्मगुरु भनिने विवादित व्यक्तिलाई सिजिले शाश्वत्धाममा ल्याउँदै (धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा)

 शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ ।
 
एनसञ्चार संवाददाता, साउन २८, कावासोती : चर्चित तर विवादित छवि बनाएका भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले नेपालको सिजि ग्रुपद्धारा निर्मित शाश्वत धाममा प्रवचन दिने भएका छन् । नेपालको ठूलो व्यापारिक घराना चौधरी समूहले उनलाई नेपाल ल्याउन लागेको हो । चौधरी समूहले भारतको …

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना पक्राउ

साउन २८, काठमाण्डौ : नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेको भन्दै पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना भन्दा बढी निर्माण व्यवसायीहरू आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए । सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।

ललितपुर प्रहरी प्रमुख शाहले भने, ‘सरकारी कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्न खोज्नुभयो …

सोमबारपछि मौसममा क्रमिक सुधार हुने

साउन २८, काठमाण्डौ : सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक,दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए । २४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।
अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) …

के हो साइबर सुरक्षा नीति ? सामाजिक सञ्जालमा फैलिने भ्रामक कुराको नियन्त्रण होला ?

साउन २८, काठमाण्डौ : सरकारले पहिलो पटक तयार पारेको ‘साइबर सुरक्षा नीति, २०८० सार्वजनिक गरको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त नीति, साउन २३ गते क्याविनेटले पारित गरेको छ । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बाटो खुलेको सरकारले बताएको छ ।
विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति २०८० तयार गरेको हो ।
सुरक्षित साइबर स्पेस निर्माणका …

साउन अन्तिम सम्ममा कक्षा १२ को नतिजा प्रकाशनको तयारी

साउन २८, काठमाण्डौ :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए । ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।
प्राविधिक टिमसँग सल्लाह गरेर …

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कुमारवर्ती कलेज परिसरमा वृक्षारोपण (फोटो फिचर)

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न स्थानमा रहेका ८८ वटा शाखा कार्यालय, एउटा एक्टेन्सन काउन्टर, १६ वटा एटीएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा सुविधा दिदै आइरहेको छ ।
एनसञ्चार संवाददाता, साउन २७, नवलपुर : साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले कुमारवर्ती कलेज परिसर भित्र वृक्षारोपण गरेको छ । साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरपारि गत वर्ष देखि सु्रु गरेको हरित बढाउने परियोजना (ग्रो ग्रिन प्रोजेक्ट) अन्र्गत नै यस वर्ष पनि देशका हरेक कलस्टरहरुले विभिन्न स्थानमा वृक्षारोपण गरेको बैंकको कावासोति शाखा प्रमुख (बि.एम.) सुन्दर राउतले बताए ।
बैंक एक नाफा मुखि …

सोमबारसम्म देशभर वर्षा : महाशाखाको विशेष मनसुन बुलेटिन

साउन २७, काठमाण्डौ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको बिहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।
जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, …

दक्षिण अमेरिकामा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्धार गरिदिन आग्रह

साउन २७, काठमाण्डौ : दक्षिण अमेरिकामा बन्धक बनाइएका नेपाली महिलाको उद्धार गर्नका लागि राष्ट्रिय महिला आयोगले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगका अध्यक्ष कमला पराजुलीले परराष्ट्रमन्त्री एनपी साउँदलाई पत्राचार गर्दै दक्षिण अमेरिकाको ट्रिनिडाड एण्ड टोवागोमा तीन महिला बन्धक बनाइएकाले उनीहरुको उद्धार गर्न अनुरोध गरेकी हुन् ।
आयोगले पत्राचार गरे लगत्तै मन्त्रालयले यस विषयमा मन्त्रालय र वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासविच सन्देश र अद्यावधिक जानकारी एवम थप सूचना आदानप्रदान भइरहेको जनाएको छ ।
साथै मन्त्रालयले आयोगको पत्र प्राप्त गरे लगत्तै कुटनीतिक नियोगमा भए गरेका प्रयासबारेमा जानकारी गराउन वासिंङटन डिसीमा रहेको नेपाली राजदूतावासलाई …

भारतको चन्द्रयान–३ भन्दा, रुसले धेरै पछि प्रक्षेपण गरेको लुना २५, कसरी छिटो पुग्दैछ चन्द्रमामा ?

साउन २७, मस्को रुसले शुक्रबार : आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्‍यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो । रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । शुक्रबार प्रक्षेपण गरिएको मिसन अन्तर्गत रुसको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यहाँ पानी हुन सक्ने विश्वास गरिन्छ।
रुसको चन्द्रयान मिसन अघि भारतले जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो । चन्द्रयान–३ पनि चन्द्रमाको सतहमा अवतरण गर्नेछ । रुसको यो अभियानको प्रतिस्पर्धा चीन र अमेरिकाको चन्द्र मिसनसँग पनि छ ।
अमेरिका र चीनले चन्द्रमाको दक्षिणी …

बेनी जोमसोम कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द

साउन २७, म्याग्दी :म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी जोमसोम कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।
उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न …

धमाधम पक्राउ पर्दै नक्कली सर्टिफिकेटधारीहरु

साउन २६, काठमाण्डौ : प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो ।
बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. …

स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा प्रवेश

साउन २६, एजेन्सी : टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वेलिङ्ऊटनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २(१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । साविक उपविजेता नेदरल्याण्ड्स भने क्वाटरफाइनलबाटै बाहिरिएको छ । निर्धारित समय १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
स्पेनका लागि ७१औं मिनेटमा अल्बा मारिया रेडोन्डो फेररको स्थानमा मैदान प्रवेश गरेकी साल्माले अतिरिक्त समयमा विजयी गोल गरिन् । त्यसअघि ८१औं मिनेटमा …

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु एक हजार बेपत्ता

साउन २६, एजेन्सी : अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् । हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।
यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस …

सर्लाहीमा अज्ञात युवकको काटिएको टाउको मात्रै भेटियो

साउन २५, सर्लाही : सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका ९ लखनदेही खोलामा अन्दाजी ३०र३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस महामन्त्री गगन थापालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको खुलापत्र

साउन २५, नवलपुर : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् । महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भन्ने अभिव्यक्तिको आलोचना गर्दै मिश्रले थापालाई खुलापत्र लेखेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र लेख्दै मिश्रले कांग्रेसले लिएको विचार सिद्धान्तमाथि टिप्पणी गर्दै महामन्त्री थापाले दिएको अभिव्यक्तिको कटाक्ष गरेका छन् ।
यस्तो छ खुलापत्र :-
प्रिय गगनजी, 
तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा “विचारभन्दा माथि देश” मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो” भन्नुभएको रहेछ। तपाईंप्रति …

देशभर डेंगी संक्रमितको संख्या १० हजार भन्दा बढि, ७४ जिल्ला प्रभावित

साउन २५, काठमाण्डौ : नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ४१ जना छन् । मोरङमा एक हजार ३४४ र धादिङमा एक हजार २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा नौ हजार ६१२ जना संक्रमण देखिएको छ । यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५१ जनामा संक्रमण पुष्टि भएको …

पाकिस्तानका राष्ट्रपतिद्धारा संसद भंग

साउन २५, एजेन्सी :  पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो । संसद भंग हुनासाथ मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।
बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र …

रजनीकान्तको ‘जेलर’को अग्रिम बुकिङ हेर्दा ‘पठान’को रेकर्ड तोड्ने संकेत

साउन २५, एजेन्सी  : साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ हलमा रिलिज हुँदैछ। ‘जेलर’को अग्रिम बुकिङलाई हेर्दा यो फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गर्न सक्ने अनुमान गरिएको छ। फिल्मले अग्रिम बुकिङबाटै ३५ करोडभन्दा बढी कमाइसकेको छ।
रजनीकान्त र तमन्ना भाटिया अभिनित ‘जेलर’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। यस्तो अवस्थामा ‘जेलर’ले बक्स अफिसमा उत्कृष्ट ओपनिङ गर्ने अपेक्षा गरिएको छ। रिपोर्टहरूलाई आधार मान्दा ‘जेलर’ले तमिलनाडुमा मात्र पहिलो दिन २० करोड ओपनिङ गर्न सक्छ।
पहिलो दिन ‘जेलर’ले विश्वभर ७० देखि ८० करोडसम्म कमाउन सकिने आँकलन गरिएको छ। फिल्मले भारतमा अग्रिम बुकिङबाट करिब २० करोड कमाएको छ …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode