एमसीसी र बीआरआईबाट लाभ लिन सक्नुपर्ने सभामुख घिमिरेको भनाई
भदौ १६, काठमाडौँ : सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए । उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न …
बाबुले गरे छोरीमाथि चक्कु प्रहार
भदौ १६, एजेन्सी :भारतको उत्तर प्रदेशको बांदामा एक बाबुले आफ्नी नाबालिग छोरीलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। तरकारीमा नुन धेरै भएका कारण आरोपित बाबुले यो कदम उठाएका हुन्। घरधनीले बालिकाको चिच्याएको सुनेर प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरीले ढोका तोडेर गम्भीर अवस्थामा बालिकालाई अस्पताल पुर्याएको थियो। बालिकाको छाती र कम्मरमा चोट लागेको चिकित्सकले बताएका छन्। छिट्टै रिकभर गर्ने प्रयास भइरहेको छ। अर्कोतर्फ प्रहरीले आरोपित बाबुलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ।
पूर्वयुवराज पारस अस्पतालमा : भेट्न पुगे कमल थापा
भदौ १६, काठमाडौं : मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।
भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ । पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए । अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ ।
चन्द्रयान–३ को सफलता पछि सुर्य तर्फ जाँदै भारत
भदौ १६, एजेन्सी : भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दैछ। आदित्य एल–वान नाम दिइएको मिसन शनिबार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गर्न लागिएको भारतीय अन्तरिक्ष संगठन इस्रोले जनाएको छ।
यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र …
‘जनतासँग माओवादी’ अभियान सुरु
भदौ १६, काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन्।
यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ। गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु भएको हो। कार्यक्रमको उद्घाटन …
के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १५, कावासोती : नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
: ग्रेगरी ग्याब्रियल मास्करिनेक
धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …
आठ वर्षपछि पूर्ण सञ्चालनमा तातोपानी नाका
रासस, भदौ १५, सिन्धुपाल्चोक : नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।
सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए।
विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको …
बहराइनविरुद्ध टस हारेको नेपालले बलिङ गर्दै
भदौ १५, काठमाण्डौ : आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे बाट सुरु भएको हो ।
पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जितको लक्ष्यसहित बहराइनविरुद्ध मैदान उत्रिँदैछ। नेपालभन्दा बहराइन तुलनात्मकरुपमा कमजोर टिम हो। आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। समूह एमा रहेको नेपालले आइतबार भुटान र सोमबार कतराविरुद्ध खेल्नेछ। यस्तै आगामी बुधबार …
जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु
भदौ १५, काठमाण्डौ : जङ्गली च्याउ खाँदा बझाङमा २ बालबालिकाको मृत्यु भएको छ। जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।
सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो। सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए। सुदीपको शव अहिले बझाङ लाँदै गरिएको र सञ्जिालको शव भने परिवारले दाहसंकार गरेको उनले बताए।
उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली …
एलपी ग्यासको मूल्यमा एकै पटक २३५ रुपैयाँले वृद्धि
भदौ १५, काठमाण्डौ : सरकारले खाना पकाउने ग्यासको मूल्यमा उच्च वृद्धि गरेको छ । प्रतिसिलिन्डर २३५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले एक सूचना जारी गर्दै गएराति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्य बढेको जनाएको छ । अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोलमा तीन रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाइएको छ ।
MCC विरुद्ध नेकपाद्धारा देशभर आन्दोलनको घोषणा
भदौ १५ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९(२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए ।
उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ । यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए ।
उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए । ‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार …
नयाँ नक्साबारे धेरै नबोल्न भारतलाई चिनको चेतावनी
भदौ १४, एजेन्सि : चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो भूमिका रूपमा प्रस्तुत गरेपछि भारतले विरोध जनाइरहेको छ । भारतको विरोधसँगै चीनले भारतलाई चेतावनी दिँदै नयाँ नक्साबारे धेरै नबोल्न भनेको छ । २८ अगष्टमा चीनले यस वर्षका लागि मानक नक्सा भन्दै नयाँ नक्सा जारी गरेको थियो । पहिलेजस्तै चीनले यस वर्ष पनि अरुणाचल प्रदेश र अक्साईलाई आफ्नो भूमि भएको दाबी गरेको छ ।
त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीनले बेतुक र मूर्ख दाबी गरेको बताएका थिए । जयशंकरले भनेका थिए, ‘चीनको यो पुरानो बानी हो । उसले अर्काको भूमिलाई …
आज क्वाँटी खाने दिन (यसरि बनाउनुहोस् स्वादिष्ट क्वाँटी)
भदौ १४, नवलपुर : जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।
मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, …
पाकिस्तानसँग पराजित भएपछि नेपालि टोलि श्रिलङ्का पुग्यो
भदौ १४, काठमाण्डौ : एसिया कप २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।
विदेशी मुद्राको विनिमय दर (बुधबार)
भदौ १३, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ९१३ भदौ २०८०, बुधबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
लष्mद
युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ …
आजको मौसम
भदौ १३, काठमाण्डौ : देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
“जनैपूर्णिमा भोलि” :- पञ्चाङ्ग निर्णायक समिति
भदौ १३, काठमाण्डौ :नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो।
बिहीबार पूर्णिमा तिथि थोरै मात्र रहेको भन्दै कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने बताएपछि समितिले जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो। धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ।
बुधबार ११.२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। बिहीबार ५.१८ घडी मात्रै पूर्णिमा …
एसिया कप क्रिकेटमा पहिलोपटक पाकिस्तानसँग भिड्दै नेपाल
भदौ १३,काठमाडौँ : एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी …
अर्थमन्त्रालय र एमसीसीबीच आज ‘लेटर अफ एक्सचेन्ज’
भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा जाँदै छ। लामो विवादका २०७८ फागुन १५ मा प्रतिनिधसभाको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गरेको थियो।
सोही परियोजनाको कार्यान्वयनका लागि अर्थमन्त्रालय र एमसीसीबीच आज ‘लेटर अफ एक्सचेन्ज’ हुनेछ। त्यसका लागि एमसीसीको सम्झौता कार्य–सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन्। क्यामरुन ३ दिनसम्म नेपाल रहनेछन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालदेखि राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
क्यामरुनको भ्रमण लगतै सेप्टेम्बर …
सम्पत्ति सकियो,श्रीमतिले एउटा मृगौला पनि दिईन् अब सोमैलाई कसले बचाईदेला ? (भिडियो)
भदौ १२, कावासोती :दुःख सुख जिन्दगीलाई डोर्याईरहेका गोपे दाईको सानो परिवारमा अचानक ठूलो बज्रपात पर्यो । परिवारको मुलि हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको परिवार हरप्रहर आँशु पिएर जिवन बाँच्ने संघर्समा दौडिईरहेको छ ।
उनले आफ्नो दर्दलाई मुटुमा गाँठो पारेर भने : “दुबै मृगौलाले काम नगरेपछि डाईलासिस गर्दा गर्दै भएको सम्पत्ति सकियो, सरसापट गरेर यिनले (आफ्नै श्रीमतिलाई देखाउँदै) दिएको एउटा मृगौला प्रत्यारोपण त भयो तर मेरो शरिरले त्यसलाई लिन सकिराछैन..।”
सोमैले प्रदेशबाट फर्केर स्वदेशमै सानो होटल व्यवसाय चलाएर गुजारा गर्दै थिए दाजुभाई …
