पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

भदौ २ काठमाडौं  : पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा। देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।
पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो …

धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न होटलमै पुगे गृह र परराष्ट्रमन्त्री आजै शास्वतधाम आउँदै

शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।

एनसञ्चार संवाददाता, भदौ २, नवलपुर : बागेश्वर बाबाका नामले चर्चित भारतीय युवा धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद होटलमै पुगेका छन् । गएराति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले शास्त्रीलाई भेट गरेका हुन् ।

स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो …

आजको मौसम

भदौ २ काठमाण्डौ : आज पनि पहाडी भू भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूगको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको …

सुन प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भएको खुलासा

भदौ १, काठमाडौं : भन्सारको सामानमा राखेर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।
‘उनीहरु नेपाली नागरिकता लिएर नेपालमा बसेको देखिन्छ । उनीहरुसँग चिनियाँ पासपोर्टमा पनि छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, …

एकैपटक आएका २ सय बढि बंगलादेशी पर्यटकलाई नेपालमा पञ्चेबाजासहित स्वागत

भदौ १, काठमाण्डौ : बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । सो कार्यक्रम अन्तर्गत शुक्रबार पहिलो समूह नेपाल आएको हो ।
जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो …

राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक स्थिति प्रस्तुत

भदौ १, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको …

गण्डकी प्रदेशमा अझै ८ प्रतिशत रोपाइँ बाँकी

साउन ३२, पोखरा : धान रोपाइँको लागि असार महिना उत्तम भए पनि समयमा नै वर्षा नहुँदा गण्डकी प्रदेशमा साउन महिना सकिन लाग्दासम्म पनि अझै करिब आठ प्रतिशत रोपाइँ बाँकी छ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार गत वर्ष प्रदेशका नौ जिल्लामा एक लाख चार हजार छ सय २३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष साउन मसान्तसम्म ९० हजार पाँच सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १४ हजार एक सय नौ हेक्टर कम क्षेत्रफल हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष १३।५ प्रतिशत कम रोपाइँ …

देशभरका खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमति

साउन ३२, काठमाण्डौ : खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमति पत्र प्रदान गरेको छ ।
विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमति पत्र प्रदान गरेको हो ।
विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमति पत्र प्रदान गरिएको हो । गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमति पत्र प्रदान …

सिरियाले आर्थिक संकटकै विचमा बढाउँदैछ सैनिक कर्मचारीको तलब

साउन ३२, एजेन्सी : सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन्। सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्।
सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ। त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ। यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो। यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ।
मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले …

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग कहिले प्रयोगमा आउँछ ?

साउन ३२, काठमाण्डौ : करिब ८० लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपले लाभान्वित तुल्याउने हुलाकी राजमार्ग कहिले सम्पन्न होला भन्ने चासो तराई–मधेसका २१ जिल्लावासीहरूको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये हुलाकी राजमार्गको परिकल्पना सरकारले २०६६र६७ मा गरेको थियो । एक हजार ८ सय ५७ किलोमिटर लम्बाई रहने यो आयोजना पूर्व – पश्चिमको लम्बाई ८१७।४२ किलोमिटर र उत्तर–दक्षिणको लम्बाई ८४२।४२ किलोमिटर रहेको छ । यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । अहिले संशोधित हुँदै ६५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
सडक विभागका अनुसार प्रारम्भिक रूपमा यो आयोजनामा २१९ वटा …

आफ्नै टिपरमा आगो लगाएको आरोपमा ३ जना पक्राउ

साउन ३१, काठमाडौं : बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर ललितपुरको टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए । त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।
टिपर …

आउँदो भदौ २२ सम्म आवेदन दिएर कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागि हुन सकिने

साउन ३१, काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र …

नेयमारलाई साउदी क्लब अल–हिलालले भित्र्यायो

साउन ३१, एजेन्सी : ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।
३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् । सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा …

सरकारद्धारा स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

साउन ३१, काठमाडौँ  : सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।
वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज औपचारिक …

आज चिनियाँ सेनाको टोली नेपाल आउँदै

साउन ३१, काठमाडौं  : चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।
चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो …

कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प

साउन ३०, मुस्ताङ : आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।
माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।
बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक …

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

साउन ३०, कास्की : गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ । …

सरकारद्धारा भूउपयोग नियमावली संशोधनको तयारी

साउन ३०, काठमाण्डौ : सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधनको तयारी भएको हो ।
सहरी विकास मन्त्रालयसँग समेत सुझाव माग गरेर संशोधन प्रस्ताव गरेको र त्यसमा कानुन मन्त्रालयको पनि स्वीकृति लिइसकिएको भमी व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका …

“हामि जनतामा भिज्न सकेनौँ” : प्रकाशमान सिंह

साउन ३०, काठमाण्डौ :नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।
‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ आज बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौं न ।’
उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र …

नवनियुक्त सामान्य प्रशासन मन्त्री साहद्धारा पदभार ग्रहण

साउन २९ काठमाण्डौ : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छन्। सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले पदभार ग्रहण गरेकी हुन्। उनलाई निवर्तमान सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पनि स्वागत गरेका थिए।

यसअघि साहले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएकी थिइन्। साह जनमत पार्टीकी सांसद हुन्। उनीभन्दा अघि जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका थिए। साहलाई मन्त्री बनाउन माओवादीले आइतबार मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode