कावासोतिको शिव मोबाईल सर्भिसले सामसुङ(SAMSUNG) मोबाईल फाईनान्समा दिने
भदौ २२, कावासोती : साउथ कोरियाको टेक कंपनी सामसुङ(SAMSUNG)ले नेपालका ग्राहकहरुकालागि फाईनान्समा पनि आफ्ना मोबाईल लिन सक्ने नयाँ व्यवस्था ल्याएको छ । नवलपुरको कावासोतीमा रहेको शिव मोवाईल सर्भिसका अनुसार सामसुङ कम्पनिले हालैमात्र यो सुविधा पनि दिन सुरु गरेको बताएको हो ।
सामसुङ मोबाईलको आधिकारिक विक्रेता समेत रहेको शिव मोवाईल सर्भिसबाट २५ हजार भन्दा माथिको जुनसुकै सामसङ ब्राण्डका मोबाईलहरु फाईनान्समा पाईने शिव मोवाईल सर्भिस कावासोतीका सञ्चालक शिव पोख्रेलले बताएका छन् । पेख्रेलका अनुसार कम्पनिले नै आफ्ना आधिकारिक विक्रेताहरुलाई २५ हजार भन्दा माथि मुल्य पर्ने जुनसुकै सामसुङ ब्राण्डका मोबाईल शुन्य प्रतिशत ब्याजदरमा ग्राहकलाई …
आलुको विउ उमार्ने नयाँ तरिका
भदौ १८, काठमाण्डौ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा रहेकाे खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बिउ उत्पादन थालेको छ । धुलिखेलमा रहेकाे काठमाण्डाै विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।
यस उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेशिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भन्नुभयो । उहाँका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।
एक बिरुवामा …
नेपाली इन्जिनियर लाई जापानमा सुनौलो अवसर
१६ भदौ ,काठमाडौ । काठमाडौको युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेज र जापानको प्रतिष्ठित इन्जिनियरिङ्ग कम्पनी आइ एम ए सि इन्जिनिरिङ्ग प्रालि विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जापानमा व्यवसायिक शिक्षा र प्रशिक्षण भि इ टी तथा व्यावसायिक वृद्धि यू इ एस सि का विद्यार्थीहरुका लागी यो सम्झौता एउटा महत्वपुर्ण आयाम तय हुन सक्ने युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेजका प्रिन्सिपल ई.डा. भेष राज थापाले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष पुर्ण भद्र अर्याल, आइ एम ए सी इन्जिनियरिङ्ग प्रालि का अध्यक्ष योशिहितो यामागुची तथा निर्देशक मासाकी ओसाकी लगायतको उपस्थिती रहेको थियो ।
यो रणनितिक …
नवलपुरमा मिटरव्याज फण्डाः १ लाख रुपैयाकाे व्याज महिनामै १ लाख २० हजार
बोमलाल गिरी,नवलपुर : राजनीतिक आडमा मिटरव्याजको बिगबिगी भएको छ । समाजमा नाम र पैसा दुवै कमाएकाहरु नै बढी अनुचित लेनदेनमा सक्रिय रहेका छन् । मिटरव्याजलाई सरकारले गैरकानुनी धन्दा भने पनि गाउँघरमा यसको संयन्त्र बढ्दो छ । मिटरव्याजी जालोमा कसरी गाउँघरका सोझासाजा पर्छन् केही उदाहरण यहाँ प्रस्तुत गरिएको छ ।
घटना १ ,
नामः माया भण्डारी
ठेगानाः कावासोती, नवलपुर
राजनीतिक आवद्धताः राष्ट्रिय स्वतन्त्र पार्टी
जिम्मेवारीः महिला उपाध्यक्ष, गण्डकी प्रदेश, नवलपुर क्षेत्र १ को उपसभापति
कर्तुत नं:१ ,
२०७८ साल असोज १७ गते ऋणिलाई १० लाख उपलब्ध गराउने क्रममा १५ दिनको एक लाख ५० हजार अग्रिम ब्याज कटाई ८ …
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाईते
भदौ ११, पाल्पा : पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका(१ का २८ वर्षीय प्रकाश थारू …
धादिङ बस दुर्घटना :- गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन गरेर उद्धार गरिँदै
भदौ ६, चितवन : धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको जानकारी दिए । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली पनि पुगिसकेको छ । जिल्ला …
संस्कृत विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्धारा तालाबन्दी
भदौ ५, दाङ : दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।
यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो । अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, …
बागेश्वर धाम सरकारद्वारा प्रवचन हुने श्री हनुमंत कथा वाचनका लागी टिकट बुकिङ्ग यसरी गर्नुहाेस ।
तल दिइएकाे लिङ्क खाेलेर टिकट वुकिङ गर्न सकिन्छ ।
हनुमन्त कथा प्रवचन टिकटका लागी यहाँ प्रेस गर्नुहाेस ।
साउन अन्तिम सम्ममा कक्षा १२ को नतिजा प्रकाशनको तयारी
साउन २८, काठमाण्डौ :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए । ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।
प्राविधिक टिमसँग सल्लाह गरेर …
महिना भन्दा बढि समय पछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै, संसदीय समिति गठनको कार्यसूची
बिहीबार बस्ने बैठकमा संसदीय समितिको गठनको कार्यसूची हुन सक्ने सभामुख कृष्णप्रसाद धितालले एनसञ्चारलाई जानकारी दिए । ‘संसदीय समिति गठन गर्न बिहीबार बिहान कार्यव्यवस्था समितिको बैठक बस्दै छ । त्यसमा समितिको बारेमा छलफल हुन्छ, माननीयहरु समय माग्नुभयो भने केही दिनपछि हुन सक्छ, कुरा मिल्यो भने आजनै समिति गठन हुन्छन्’, उनले भने ।
एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि बिहीबार (आज) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको हो । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा …
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नवलपुरमा सार्वजनिक विदा सहित विविध कार्यक्रम गरि मनाईदै
एनसञ्चार संवाददाता, साउन २४, कावासोती : आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस । दिवसको अवसरमा नवलपुर ( नवलपरासि वर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नवलपुरका आठ वटै पालिकाले सार्वजनिक सूचनामार्फत २९ औँ विश्व आदिवासी दिवसका लागि पालिकाभित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले सबै पालिकाहरुलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक बिदा माग गरेको थियो । नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
‘इन्डिजिनियस युथ एस …
देशैभर बाढिपहिरोको वितण्डा/आज पनि लगातार वर्षाको सम्भावना
एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहानसम्म तमोर कोरिडोर (चतरा मुलघाट माझीटार अमरापुरडाँडा गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
तमोर कोरिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
तानसेन रिडी कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका …
सुरक्षित र उज्यालो वडा अभियान चलाउँदै कावासोती ४ (सम्पूर्ण योजनाको विवरण सहित)
एनसञ्चार संवाददाता,साउन २३, नवलपुर : कावासोतीको वडा नं. ४ ले सुरक्षित र उज्यालो वडा अभियानको सञ्चालन गरेको छ । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोति नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नारायण प्रसाद लोहनीका अनुसार स्थानिय सरकार, वडा भित्रका विभिन्न संघ सस्था, व्यवसायि र वडावासीसँग सहकार्य गरि सुरक्षित, उज्यालो र सुन्दर वडा बनाउने उद्येश्यका साथ विभिन्न कार्यहरु अभियानकै रुपमा सञ्चालन गरिएको हो ।
उज्यालो वडा कार्यक्रम अन्तरगत वडाको विभिन्न क्षेत्र भित्र पर्ने पोलहरुमा विजुलि बत्ति राख्ने कार्य आर्थिक वर्ष २०७९/८० मै सम्पन्न गरिसकिएको र बाँकि रहेका स्थानमा आर्थिक वर्ष २०८०/८१ भित्रै …
साउन २८ गतेदेखि देशैभर अनिश्चित कालीन विद्यालय बन्दको घोषणा
साउन २३, काठमाण्डौ : प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।
३ जना पत्रकारको किटानि जाहेरी पछि अभियन्ता अदिप्तविरुद्ध पक्राउ पुर्जी जारी
साउन २३, कास्की : कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो ।
अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका विषयमा फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि तिखो प्रहार गरेर लेखेका थिए । पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।
पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए …
बाढी पहिरोले देशैभरको जनजिवन प्रभावित, २ को मृत्यु, मुख्य राजमार्गका दर्जनौ स्थानमा पहिरो (सम्पूर्ण विवरणसहित)
वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको निर्देशन
एनसञ्चार संवाददाता, साउन २३, नवलपुर : अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । लगातारको वर्षाले देशका मुख्य राजमार्गहरुका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार देशभर दर्जन भन्दा धेरै ठाउँमा राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड …
२ दिनदेखिको वर्षापछि आएको पहिरोले एकै परिवारका ६ मध्य ५ जना बेपत्ता, एकको मृत्यु
साउन २३, काभ्रेपलाञ्चोक : पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ। जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ स्थित् सिक्रेदोभानस्थित् बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो।
खानीखोला गाउँपालकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित् भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन्।
गाउँपालिका अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीय लगायत त्यस …
एएफसी कप फुटबलमा मंगलबार नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने
लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो । यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो ।
मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने मौका पाउनेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ ।
रासस, साउन २२, काठमाण्डौ : एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ हुने खेलमा …
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि नवलपुरका पालिकाहरुमा सन्चालित विद्यालयद्वारा सार्वजनिक विदा घोषणा
कावासोतिमा साउन २४ देखि २६ गते सम्म र हुप्सेकोटमा साउन २३ देखि २६ गते सम्म विद्यालयहरुलाई सार्वजनिक विदा: आँखा पाक्ने रोग नियन्त्रण गर्न विषेश गरि सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीको आग्रह ।
एनसञ्चार संवाददाता, साउन २२, नवलपुर : पछिल्लो समय देशैभर आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न विभिन्न पालिकाहरुले विद्यालय नै बन्द गरिरहेका छन् , नवलपरासि (वर्दघाट सस्ता पूर्व), नवलपुरको दुई पालिका कावासोति नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि एक सुचना जारि गर्दै विद्यार्थिहरुमा बढि मात्रामा यसको संक्रमण देखिएकोले विद्यालय …
ललितानिवास प्रकरण : ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
साउन २२ , काठमाडौं : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने …
