“कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ” : महतो(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नवलपरासि(वर्दघाट सुस्ता पूर्व) जिल्लाको समथर भुभाग, खेत–खलियान र सानो बस्तीको बीचमा बसेको एउटा सामान्य थारु परिवारमा रातन्त्रात्मक शासन रहेको समयमा ओम महतोको जन्म भयो ।
घरको आर्थिक अवस्था बलियो थिएन, तर बाबुआमाको मनमा एउटा अटुट विश्वास थियो—छोरा पढ्नुपर्छ, पढेर केही बन्नुपर्छ ।
गाउँमै उच्च शिक्षाका लागि राम्रो स्कुल थिएन । प्राथमिक तह त जसोतसो गाउँमै पढे, तर त्यसपछि हरेक वर्ष चुनौती थपिँदै गयो । किताबभन्दा बढी उनी अभावसँग लड्दै हुर्किए । बिहान खेतको काम, दिउँसो पढाइ, बेलुका घरधन्दा—यही चक्रमा उनको बाल्यकाल बित्यो ।
गाउँमा पढाइको …
“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना …
गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)
दीपेन्द्र रेग्मी, कावासोती ।
शुन्यतामा परिणत हुने तर्खर गरिरहेको गाउँ र वृद्धवृद्धा र ससाना बालबच्चाको बस्ने थलो बनिरहेको घर, छोड्ने मन नहुँदा नहुँदै…., आफ्ना ईच्छ्या, चाहानालाई तिलाञ्जलि दिएर……, जीवनको आवश्यकता पूर्तिकालागि विदेशिनै पर्छ सोँचि फेरी अर्को युवा परदेशि बन्ने निधोमा पुग्यो …….।
देशमा केहि हुँदैन, यहाँ बसेर आफ्नो ज्यान पाल्न पनि सकिँदैनः किशोरअवस्थावाट नै यहि वाक्यांस चारैतिरबाट सुनिरहेको त्यो युवा, परदेशमा पुगेर निक्कै कष्ट र मिहिनेतले एउटा सिप सिक्ने अवसर प्राप्त गरे । आफ्नो भन्ने एक शरिर त्यहि कष्टपूर्ण मिहिनेतको थोरै आर्थिक लाभ बाहेक अरु केहि देख्न र भोग्न नसकेको ति युवा, …
आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
मंसिर ११, कावासोती ।
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्ष नेपालले बताउनुभयो । बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । मृतकका छिमिकेलि मदिरा सेवन …
नेपालमा सन्तान संकटको खतराः तीन वर्षमा ५४ प्रतिशतले घट्यो शिशु जन्मदर ।
११ भदौ, काठमाडौं । शिशु जन्मदर कुन गतिमा घटिरहेको छ, बितेको तीन वर्षको तथ्यांकले छर्लङ्ग पार्छ । वर्षेनी शिशु जन्मको घट्दो ग्राफले नेपालमा सन्तान संकटको खतरातर्फ संकेत गरेको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । आव २०७९/८० मा त्यो संख्या घटेर २ लाख ३३ हजार १२६ मा झर्यो ।
आव २०८०/८१ मा शिशु जन्मदर सर्लक्कै घटेर १ लाख ९० हजार ६९२ मा आइपुगेको छ । तीन वर्षको यो अवधिमा झन्डै ५४ प्रतिशत जन्मदर घटेको तथ्यांङ्कले देखाएको छ ।
यी तथ्यांकलाई दैनिक जन्ममा …
गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेनः नवलपुरकी चादनीको संघर्ष र आशाको कथा ।
दिपक भट्टराइ, नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी जिम्मेवारी स्पष्ट देखिन्छ।
चादनीको जीवन अभाव र संघर्षको कथा हो। घर सामान्य टहरो मात्र – छानोमा जिर्ण टिन, भित्तामा माटो र बाँस। भित्र छिर्दा चुलोमा धुवाँ मात्र निस्किन्छ, भाँडामा अन्न हुँदैन। घरमा न खानेपानी …
नेपालमा अब नेपालकै फलाम, धौवादी फलाम खानी : नागरिकको उत्साह र उर्जाको खानी
बिद्राेही गिरीः २०७३ जेठ ६ गते प्रज्ञा प्रतिष्ठानको हलमा प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चल्दै थियो । प्रमुख अतिथि हुनुहुथ्यो , नेकपा ( एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ।
मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले सोध्नुभयो, धौवादी फलामखानी क्षेत्रबाट कोही आउनुभएको छ ? सहभागीको बीचबाट मैंले हात उठाएँ ।
प्रधानमन्त्री ओली खुसी हुनुभयो । देशका खानी, उद्योग र आर्थिक समृद्धिका बारेमा उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले मेरो जिल्लाको धौवादी फलामखानीको बारेमा चर्चा गर्दा म पनि हर्षबिभोर भएको थिएँ । कति छिट्टै ९ बर्ष बितिसक्यो । तर , …
राज्य संलग्न मानव तस्करी प्रकरण : २७ वर्षमा ८७६ बालबालिका गायब
२५ जेठ, काठमाडौं । नेदरल्याण्डमा हुर्किएकी शान्ति चालिसेलाई परिवारका अन्य सदस्यभन्दा आफू फरक रङको भएकोमा जिज्ञासा लागिरहन्थ्यो । बुबाआमा र भाइहरू गोरा थिए । आफूचाहिं खैरो हुँदा उनलाई कहिलेकाहीं नराम्रो पनि लाग्थ्यो ।
तर, जब केही वर्षपछि परिवारमा आफ्नो जस्तै वर्णको अर्का बच्चा आइपुगे, त्यसपछि भने उनले नेपालको नाम सुनिन् । ‘त्यसबेला ऊ मभन्दा दुई वर्ष जेठो थियो, पटक–पटक शान्ति हामी नेपालबाट आएको हो भनिरहन्थ्यो’ उनी भन्छिन्, ‘ऊ नेपाल छँदाको फोटो हेर्न पनि भनिरहन्थ्यो ।’
‘बुबाआमाले त मलाई तँ अर्कैको छोरी होस् भनेका थिएनन्, तर एकदिन मैले उहाँहरूलाई हिम्मत गरेर सोधें’ उनले …
कुना कन्दरामा पुग्याे विकास तर रित्तिन छाेडेनन गाँउ वस्तीहरू
विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।
कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। ठाउँ–ठाउँमा विद्युत्का पावर हाउस बने। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्यो ।
तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँ-बस्तीमा पूर्वाधारहरू थपिंदै …
पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस
जीवन परिचय:
वि.सं. १७७९ मा गोर्खा राज्यको युवराजकुमारको रूपमा जन्मेका पृथ्वीनारायण शाह पिता नरभुपाल शाह तथा माता कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए। आफ्नी जेठी आमा चन्द्रप्रभावती देवीबाट युद्धकौशल, घोडचढी, तरबार बाजी, राजनीति, कुटनीति, धर्नुविद्या आदि सिक्न सफल भएका उनी सानैदेखि तिछ्ण बुद्धि भएका चतुर ब्यक्ति थिए ।
वि.सं. १७९९ मा पिताको देहावसान भएपछि राजा बनेका उनी आफ्नो पिताको नुवाकोट आक्रमणको हारबाट टुक्रिएको सपनालाई बिपनामा बदल्ने साहस बटुले तर फेरि हारे विसं १८०० मा । कमजोर सैन्य शक्ति, जिर्ण र पुरातन हातहतियार, कमजोर अभ्यास, कमजोर भौगोलिक अध्ययन, आर्थिक अभाव आदिको कारण हार बेहोरेको …
सुरक्षित वैदेशिक रोजगार
१. परिचय:
रोजगारीको शाब्दिक अर्थ जीवन निर्वाहको लागि गरिने सेवामूलक काम, जो तलव, भत्ता र ज्यालामा आधारित हुन्छ भनेर बुझिन्छ । रोजगारीका अवसर स्वदेश भित्र मात्र नभई विदेशमा पनि उपलब्ध हुनसक्छन् । यसरी आफ्नो देश भन्दा वाहिर उपलब्ध रोजगारीका अवसरहरुको अवलम्बन गरी अर्थोपार्जन गर्ने कार्य नै वैदेशिक रोजगारी हो।
नेपालीहरु भारत, मलेसिया, खाडी राष्ट्र मात्रै नभई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप, जापान तथा कोरिया जस्ता देशहरुमा वैदेशिक रोजगारी, अध्ययन भिषा तथा बसाईसराई गरेर जाने प्रवृत्ति बढेको देखिन्छ। स्मरण रहोस्, नेपाल सरकारले श्रम सम्झौता नगरेको देशमा वैदेशिक रोजगारीमा जानु कानुन विपरितको कार्य हो ।
नेपालमा …
एकल अभिभावकले बच्चा हुर्काउँदा के कुरामा ध्यान दिने ?
कुनै कारणले श्रीमान्–श्रीमती छुट्टिएमा सन्तानको जिम्मेवारी आमाबुवामध्ये एकको काँधमा आइपर्छ । एकल अभिभावकत्वको क्रममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
अमेरिकामा आमाबुवा दुवैसँग बस्ने बालबालिकाको दर हरेक वर्ष घट्दै गएको छ । त्यहाँ करिब एक चौथाई बालबालिका आफ्नो आमा वा बुबासँग बस्छन् । यो प्रचलन अमेरिकामा मात्र सीमित नभई विश्वभर बढिरहेको छ ।
यसको कारण आमा वा बुवा घरपरिवारबाट टाढा रहेर काम गर्ने भएर, घरझगडा तथा सम्बन्ध विच्छेद भएर हुन सक्छ । विज्ञहरू भन्छन्, ‘एकल अभिभावकत्व सकारात्मक विकास होइन । एक जना आमाबाबुसँग बस्ने बालबालिकालाई व्यवहारसम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ ।’
बच्चामा …
ओझेलमा पर्दै स्थानीय सीप
२६ असोज, ढोरपाटन । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान …
साथीहरुले ‘वी आर नेपाली’ भन्दा पनि छाडेनन्
२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।
उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर क्रुर तरिकाले आक्रमण गरेको उनले बताए । ‘हाम्रो क्यापमा बसेको बोसले लगभग ७० वर्षको हुनुभयो, …
के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १५, कावासोती : नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
: ग्रेगरी ग्याब्रियल मास्करिनेक
धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …
गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।
कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ …
धर्मगुरु भनिने विवादित व्यक्तिलाई सिजिले शाश्वत्धाममा ल्याउँदै (धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा)
शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ ।
एनसञ्चार संवाददाता, साउन २८, कावासोती : चर्चित तर विवादित छवि बनाएका भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले नेपालको सिजि ग्रुपद्धारा निर्मित शाश्वत धाममा प्रवचन दिने भएका छन् । नेपालको ठूलो व्यापारिक घराना चौधरी समूहले उनलाई नेपाल ल्याउन लागेको हो । चौधरी समूहले भारतको …
आँफ्नै मिहिनेतले सफल र समाजमा उदाहरणिय व्यवसायि, एक महिला
“जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”
एनसञ्चार संवाददाता, साउन २४, कावासोती : पछिल्लो समय वैदेशिक रोजगारिमा गएका श्रिमानले पठाएको सबै पैसा लिएर श्रीमति पर पुरुषसँग फरार, विदेशबाट श्रीमान घर आउँदा श्रीमति अर्कैसँग रंगेहात भेटियो जस्ता नयाँ नयाँ भिडियोहरु सामाजिक सञ्जालमा दैनिक जसो भाईरल …
मुख्यन्यायधिवक्ता विरुद्ध कार्यालय सहयोगिले लगाईन् यौन दुर्व्यवहारको आरोप
साउन २०, धनुषा : मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि हिंसा र यौन दुर्व्यवहारको आरोप लागेको छ। कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले उक्त आरोप लगाएकी हुन्।
महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन्। उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन्।
उनले मुख्यमन्त्री यादवसमक्ष ठाकुरविरुद्ध साउन १४ गते उजुरी दिएकी थिइन्। तर उक्त उजुरीको पत्र अहिले सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उनलाई पहिलो कार्यकालका मुख्यमन्त्री लालबाबु राउतले ुएक सहिद परिवार एक रोजगारु कार्यक्रम अनुसार …
लापरवाह ठेकेदार घिमिरे/आयोजना अलपत्र पारेर आँफु सम्पर्क विहिन
कुल ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपिँया ७ पैसामा ठेक्का सम्झौता गरेर कार्य गरिरहेका ३ कम्पनिहरु कास्यप, प्राकृतिक र समिर जेभी भएपनि यसको प्रमुख जिम्मेवारि ठेकेदार माधव घिमिरेले लिएका हुन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन ८, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को कावासोति नगरपालिका वडा नं. १३ मा निर्माणाधिन बौनाहा खानेपानि आयोजना ठेकेदारको लापरवाहिका कारण अलपत्रमा परेको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का सम्झौता भई काम सुरु गरेको कास्यप, प्राकृतिक, समिर जेभिले निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा नाघिसक्दा समेत कार्य पुरा गर्न नसक्दा आयोजना अलपत्र परेको …
