राज्य संलग्न मानव तस्करी प्रकरण : २७ वर्षमा ८७६ बालबालिका गायब
२५ जेठ, काठमाडौं । नेदरल्याण्डमा हुर्किएकी शान्ति चालिसेलाई परिवारका अन्य सदस्यभन्दा आफू फरक रङको भएकोमा जिज्ञासा लागिरहन्थ्यो । बुबाआमा र भाइहरू गोरा थिए । आफूचाहिं खैरो हुँदा उनलाई कहिलेकाहीं नराम्रो पनि लाग्थ्यो ।
तर, जब केही वर्षपछि परिवारमा आफ्नो जस्तै वर्णको अर्का बच्चा आइपुगे, त्यसपछि भने उनले नेपालको नाम सुनिन् । ‘त्यसबेला ऊ मभन्दा दुई वर्ष जेठो थियो, पटक–पटक शान्ति हामी नेपालबाट आएको हो भनिरहन्थ्यो’ उनी भन्छिन्, ‘ऊ नेपाल छँदाको फोटो हेर्न पनि भनिरहन्थ्यो ।’
‘बुबाआमाले त मलाई तँ अर्कैको छोरी होस् भनेका थिएनन्, तर एकदिन मैले उहाँहरूलाई हिम्मत गरेर सोधें’ उनले …
कुना कन्दरामा पुग्याे विकास तर रित्तिन छाेडेनन गाँउ वस्तीहरू
विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।
कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। ठाउँ–ठाउँमा विद्युत्का पावर हाउस बने। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्यो ।
तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँ-बस्तीमा पूर्वाधारहरू थपिंदै …
पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस
जीवन परिचय:
वि.सं. १७७९ मा गोर्खा राज्यको युवराजकुमारको रूपमा जन्मेका पृथ्वीनारायण शाह पिता नरभुपाल शाह तथा माता कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए। आफ्नी जेठी आमा चन्द्रप्रभावती देवीबाट युद्धकौशल, घोडचढी, तरबार बाजी, राजनीति, कुटनीति, धर्नुविद्या आदि सिक्न सफल भएका उनी सानैदेखि तिछ्ण बुद्धि भएका चतुर ब्यक्ति थिए ।
वि.सं. १७९९ मा पिताको देहावसान भएपछि राजा बनेका उनी आफ्नो पिताको नुवाकोट आक्रमणको हारबाट टुक्रिएको सपनालाई बिपनामा बदल्ने साहस बटुले तर फेरि हारे विसं १८०० मा । कमजोर सैन्य शक्ति, जिर्ण र पुरातन हातहतियार, कमजोर अभ्यास, कमजोर भौगोलिक अध्ययन, आर्थिक अभाव आदिको कारण हार बेहोरेको …
सुरक्षित वैदेशिक रोजगार
१. परिचय:
रोजगारीको शाब्दिक अर्थ जीवन निर्वाहको लागि गरिने सेवामूलक काम, जो तलव, भत्ता र ज्यालामा आधारित हुन्छ भनेर बुझिन्छ । रोजगारीका अवसर स्वदेश भित्र मात्र नभई विदेशमा पनि उपलब्ध हुनसक्छन् । यसरी आफ्नो देश भन्दा वाहिर उपलब्ध रोजगारीका अवसरहरुको अवलम्बन गरी अर्थोपार्जन गर्ने कार्य नै वैदेशिक रोजगारी हो।
नेपालीहरु भारत, मलेसिया, खाडी राष्ट्र मात्रै नभई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप, जापान तथा कोरिया जस्ता देशहरुमा वैदेशिक रोजगारी, अध्ययन भिषा तथा बसाईसराई गरेर जाने प्रवृत्ति बढेको देखिन्छ। स्मरण रहोस्, नेपाल सरकारले श्रम सम्झौता नगरेको देशमा वैदेशिक रोजगारीमा जानु कानुन विपरितको कार्य हो ।
नेपालमा …
एकल अभिभावकले बच्चा हुर्काउँदा के कुरामा ध्यान दिने ?
कुनै कारणले श्रीमान्–श्रीमती छुट्टिएमा सन्तानको जिम्मेवारी आमाबुवामध्ये एकको काँधमा आइपर्छ । एकल अभिभावकत्वको क्रममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
अमेरिकामा आमाबुवा दुवैसँग बस्ने बालबालिकाको दर हरेक वर्ष घट्दै गएको छ । त्यहाँ करिब एक चौथाई बालबालिका आफ्नो आमा वा बुबासँग बस्छन् । यो प्रचलन अमेरिकामा मात्र सीमित नभई विश्वभर बढिरहेको छ ।
यसको कारण आमा वा बुवा घरपरिवारबाट टाढा रहेर काम गर्ने भएर, घरझगडा तथा सम्बन्ध विच्छेद भएर हुन सक्छ । विज्ञहरू भन्छन्, ‘एकल अभिभावकत्व सकारात्मक विकास होइन । एक जना आमाबाबुसँग बस्ने बालबालिकालाई व्यवहारसम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ ।’
बच्चामा …
ओझेलमा पर्दै स्थानीय सीप
२६ असोज, ढोरपाटन । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान …
साथीहरुले ‘वी आर नेपाली’ भन्दा पनि छाडेनन्
२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।
उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर क्रुर तरिकाले आक्रमण गरेको उनले बताए । ‘हाम्रो क्यापमा बसेको बोसले लगभग ७० वर्षको हुनुभयो, …
के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १५, कावासोती : नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
: ग्रेगरी ग्याब्रियल मास्करिनेक
धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …
गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।
कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ …
धर्मगुरु भनिने विवादित व्यक्तिलाई सिजिले शाश्वत्धाममा ल्याउँदै (धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा)
शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ ।
एनसञ्चार संवाददाता, साउन २८, कावासोती : चर्चित तर विवादित छवि बनाएका भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले नेपालको सिजि ग्रुपद्धारा निर्मित शाश्वत धाममा प्रवचन दिने भएका छन् । नेपालको ठूलो व्यापारिक घराना चौधरी समूहले उनलाई नेपाल ल्याउन लागेको हो । चौधरी समूहले भारतको …
आँफ्नै मिहिनेतले सफल र समाजमा उदाहरणिय व्यवसायि, एक महिला
“जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”
एनसञ्चार संवाददाता, साउन २४, कावासोती : पछिल्लो समय वैदेशिक रोजगारिमा गएका श्रिमानले पठाएको सबै पैसा लिएर श्रीमति पर पुरुषसँग फरार, विदेशबाट श्रीमान घर आउँदा श्रीमति अर्कैसँग रंगेहात भेटियो जस्ता नयाँ नयाँ भिडियोहरु सामाजिक सञ्जालमा दैनिक जसो भाईरल …
मुख्यन्यायधिवक्ता विरुद्ध कार्यालय सहयोगिले लगाईन् यौन दुर्व्यवहारको आरोप
साउन २०, धनुषा : मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि हिंसा र यौन दुर्व्यवहारको आरोप लागेको छ। कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले उक्त आरोप लगाएकी हुन्।
महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन्। उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन्।
उनले मुख्यमन्त्री यादवसमक्ष ठाकुरविरुद्ध साउन १४ गते उजुरी दिएकी थिइन्। तर उक्त उजुरीको पत्र अहिले सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उनलाई पहिलो कार्यकालका मुख्यमन्त्री लालबाबु राउतले ुएक सहिद परिवार एक रोजगारु कार्यक्रम अनुसार …
लापरवाह ठेकेदार घिमिरे/आयोजना अलपत्र पारेर आँफु सम्पर्क विहिन
कुल ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपिँया ७ पैसामा ठेक्का सम्झौता गरेर कार्य गरिरहेका ३ कम्पनिहरु कास्यप, प्राकृतिक र समिर जेभी भएपनि यसको प्रमुख जिम्मेवारि ठेकेदार माधव घिमिरेले लिएका हुन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन ८, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को कावासोति नगरपालिका वडा नं. १३ मा निर्माणाधिन बौनाहा खानेपानि आयोजना ठेकेदारको लापरवाहिका कारण अलपत्रमा परेको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का सम्झौता भई काम सुरु गरेको कास्यप, प्राकृतिक, समिर जेभिले निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा नाघिसक्दा समेत कार्य पुरा गर्न नसक्दा आयोजना अलपत्र परेको …
नवलपुरका ग्याँस ब्यवसायि पलायन हुने अवस्थामा : डिष्ट्रिब्यूटरले दिँदैनन् विक्रेतालाई पुरा मुल्य
श्रीकृष्ण, साईबाबा लगायतका ग्याँस उद्योग सञ्चालक राजेन्द्र डल्लाकोटिले आयल निगमको नियम अनुसार ग्याँस विक्रेतालाई कम्पनिले प्रतिसिलिण्डर ४७.९१ पैसा दिने गरेको एनसञ्चार अनलाईनलाई बताएका छन् ।
“उपभोक्तालाई सरकारले तोकेकै मुल्यमा ग्याँस उपलब्ध गराउनु पर्छ ।” : ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापा
एनसञ्चार संवाददाता, साउन ७, कावासोति : नेपाल आयल निगमले पछिल्लो समय गत असार ३१ गते रातिबाट लागु हुने गरि खाना पकाउनें (एलपिजि) ग्याँसको बजार मुल्य १,७९० कायम गरेको छ ।
उक्त मुल्य विषेश गरि तराई क्षेत्रका उपभोक्ताकोलागि तय गरिएको अन्तिम मूल्य हो । ग्याँस विक्रेताको लागि सरकारले नै प्रति एलपिजि …
उपभोक्ता आक्रोशित,कार्यालय प्रमुख भन्छन् : “सिस्टम बाटै समस्या”
ईन्भटर व्यवसायिसँग मिलेर ईन्भटर बिकाउनकै लागि कावासोति प्रसारण केन्द्रले यस्तो गरेको हो भन्ने आरोप लगाएका छन् नि, भन्ने एनसञ्चार अनलाईनको प्रश्नमा कार्यालय प्रमुख कर्णले भने : कसैले त्यस्तो भन्नै नपाउने त म कसरी भनुँ…”
एनसञ्चार संवाददाता, साउन ६, कावासोति : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को जिल्ला सदरमुकाम समेत रहेको कावासोतिमा दैनिक २०,२२ पटक झ्याप्प झ्याप्प बत्ति जाने र आउने समस्याले उपभोक्ता मारमा परेका छन् । विद्युत्त प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ् आएपछि देशैभर लोडसेडिङ् अन्त्यको घोषणा त गरे तर नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले भने कुलमानको उक्त घोषणालाई गिज्याईरहेको भन्दै उपभोक्ताहरुले आक्रोश …
के थियो हिंसात्मक टिकापुर काण्ड प्रकरणः कसरी मारिएका थिए ८ जना ?
१५ जेठ, काठमाडौं । राज्य पुनर्संरचना गर्दा सिमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुर सहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए ।
अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । आन्दोलनकारीले सरकारी कार्यालयहरुमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने अभियान चलाएका थिए । कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए ।
तत्कालीन प्रमुख …
मौसमी बर्षा किसानलाइ आकासको फल आँखा तरि मर जस्तै ।
राजेश सुनाम ,नवलपुर कावासोती
मौसममा भएको फेरबदलका कारण आकाश बादलिए छ । कहि कतै भारी बर्षा भएको छ भन्ने कहि कतै पानी पर्ला जस्तो मात्रै भइ राखेको छ । किसानलाइ भने पानी परदिय हुन्थ्यिो भने लाग्छ । समयमा प्रयाप्त पानी नपर्दा किसानले लगाएको बाली मर्छ कि भने डर कृषकलाइ छ । अहिले खडेरी परेको जस्तै भएको छ पानीको मात्रै के कुरा गर्ने छाडा पशुचौपायको कारण पनि उस्तै सास्ती खेप्नु परेको छ ।
बल्ल बल्ल दुख्ख गरेर लगायको खेति छाडा चौपायाले खाइदिन्छ कि भन्ने ठूलो डरले सधै सताइरहन्छ । हामीलाइ परेको समस्या कस्लाइ …
महाभूकम्प कुरिरहेको पश्चिम नेपाल
१५ वैशाख, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो एक वर्षमा गएको ५५ वटा ४ रेक्टर स्केलमाथिका भूकम्प/परकम्पनमध्ये २५ वटा कर्णाली र सुदूरपश्चिममै थिए । २२ कात्तिक, २०७९ मा ६ जनाको ज्यान लिने गरी गएको ६.६ रेक्टर स्केलको डोटी भूकम्प वर्षकै सबैभन्दा ठूलो थियो ।
सुदूरपश्चिममा गत कात्तिक महिनायता मात्रै १२ पटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्मा बताउँछन् । डोटी भूकम्पयता साना–ठूला धक्का महसुस भइरहेकाले सो क्षेत्रमा भूकम्पको बढी जोखिम रहेको संकेत गर्ने भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक शर्मा बताउँछन् ।
तथ्यांकअनुसार बाजुरामा मात्रै एक …
किन गरे उपनिर्वाचन मार्फत जनताले मन र मत परिवर्तन ?
काठमाडौं । उपनिर्वाचन मार्फत नेपाली जनताले आफ्नो मन र मत परिवर्तन गरेका छन् ।
यो उपनिर्वाचनले ठूला र पुराना भनिएका दलहरुलाई नराम्रोसँग झस्काएको मात्रै छैन सुध्रिन र जनताको पक्षमा काम गर्न स्पस्ट शन्देश दिएको छ । नभए जनता समय अनुसार परिवर्तनको मार्गमा रोकिने छैनन् भन्ने कुरा यो उपनिर्वाचनले सिकाएको छ । तनहँु निर्वाचन क्षेत्र नम्बर –१, चितवन –२ र बारा –२ मा उपनिर्वाचन भएको हो । तनहुँ १ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई भारी मतान्तरले …
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो ।
विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए ।
फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै …