महिना भन्दा बढि समय पछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै, संसदीय समिति गठनको कार्यसूची

बिहीबार बस्ने बैठकमा संसदीय समितिको गठनको कार्यसूची हुन सक्ने सभामुख कृष्णप्रसाद धितालले एनसञ्चारलाई जानकारी दिए । ‘संसदीय समिति गठन गर्न बिहीबार बिहान कार्यव्यवस्था समितिको बैठक बस्दै छ । त्यसमा समितिको बारेमा छलफल हुन्छ, माननीयहरु समय माग्नुभयो भने केही दिनपछि हुन सक्छ, कुरा मिल्यो भने आजनै समिति गठन हुन्छन्’, उनले भने ।
 
एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि बिहीबार (आज) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको हो । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा …

पाँच वर्षमा नेपाल भित्रिएको थियो २ अर्बको अवैध सुन

साउन २५, काठमाण्डौ : २०८० साउन २ गते दिउँसो करिब १ सय किलोग्राम अवैध सुन काठमाडौंको सिनामंगलबाट बरामद भयो । राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागको सक्रियतामा अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो मात्राको अवैध सुन सिनांमगलबाट बरामद भएको हो ।
विमानस्थलबाट आयात गरी सुन तस्करी भएको यो अहिलेसम्मको ठूलो घटना हो । हुनलाई २०७४ मा पनि ३३ किलो सुन प्रकरण चर्किएको थियो । त्यतिबेला सुन तस्करी भइसकेको तर तस्करीमा संलग्न टिमबीच विवाद हुँदा सनम शाक्यको हत्या भएपछि पोल खुलेको थियो । घटनामा संलग्न केही व्यक्ति गिरफ्तार भए तर सुन …

नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि दर्जनौ दर्जन ट्याक्सी तेर्साएर विरोध

साउन २५, काठमाण्डौ :यातायात व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष समिति गठन गरी आन्दोलित भएका छन् । आन्दोलित ट्याक्सी चालकहरूले नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेर्साएर विरोध जनाएका हुन् । भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी तथा चालकहरू आन्दोलित भएका हुन् ।
उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ । यस्तै, दुर्घटनामा परी …

जेठ ३१ पछिको बाढी पहिरोबाट मात्रै देशभर ४१ जनाको मृत्यु/३१ बेपत्ता/२ लाख ५४ हजार व्यक्ति प्रभावित

साउन २५, काठमाण्डौ : गत जेठ ३१ गतेबाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट देशभर ४१ जनाको मृत्यु भएको छ। मनसुनजन्य विपदबाट ३१ जना बेपत्ता रहेको र ५५ जना घाइते हुन पुगेको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।
उसका अनुसार बाढी पहिरोका कारण संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ जना हराइरहेका छन्। बेपत्ता भएकाहरू मजदुर रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनीहरू सुपर हेवा हाइड्रोका मजदुर रहेको प्रशासनले बताएको छ।
पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा ३(३ जनाको मृत्यु भएको छ। काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम …

नवलपुर देखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

साउन २५, नवलपुर :लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो । पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ ।
रुपन्देहीको लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ । लुम्बिनीमा २४ घण्टाको अवधिमा १४.।६ मिलिमिटर र बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२, कपिलवस्तुको तौलिहवामा ८६.८, नवलपुरको दुम्कौलीमा ६४.२ र कैलालीको धनगढी एयरपोर्टमा …

नारायणगढ–बुटबल सडक बनाईरहेको कछुवा गतिको चाईना कम्पनिको पश्चिम खण्डको म्याद १ वर्ष थप

साउन २४, कावासोती : सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप भएको छ । शुरुवाती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ गते सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रो पटक म्याद थप गरिएको छ ।
आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्ने गरी छलफल अघि बढेको छ । ‘अघिल्लो वर्ष निर्माण कम्पनीले …

आँखा पाक्ने रोग लागिहाले पनि अत्तिनु नपर्ने स्वास्थ्य मन्त्रालयको भनाई

साउन २४, काठमाण्डौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए।
हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
‘यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ’, डा अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार …

आँफ्नै मिहिनेतले सफल र समाजमा उदाहरणिय व्यवसायि, एक महिला

“जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”
एनसञ्चार संवाददाता, साउन २४, कावासोती :  पछिल्लो समय वैदेशिक रोजगारिमा गएका श्रिमानले पठाएको सबै पैसा लिएर श्रीमति पर पुरुषसँग फरार, विदेशबाट श्रीमान घर आउँदा श्रीमति अर्कैसँग रंगेहात भेटियो जस्ता नयाँ नयाँ भिडियोहरु सामाजिक सञ्जालमा दैनिक जसो भाईरल …

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

साउन २४, नवलपुर : मदन पुरस्कार(२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।
 

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नवलपुरमा सार्वजनिक विदा सहित विविध कार्यक्रम गरि मनाईदै

एनसञ्चार संवाददाता, साउन २४, कावासोती : आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस । दिवसको अवसरमा नवलपुर ( नवलपरासि वर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नवलपुरका आठ वटै पालिकाले सार्वजनिक सूचनामार्फत २९ औँ विश्व आदिवासी दिवसका लागि पालिकाभित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले सबै पालिकाहरुलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक बिदा माग गरेको थियो । नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
‘इन्डिजिनियस युथ एस …

यस्तो छ बुधवारकालागि विदेशी मुद्राको विनिमय दर

साउन २४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हिजो डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा …

देशैभर बाढिपहिरोको वितण्डा/आज पनि लगातार वर्षाको सम्भावना

एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहानसम्म तमोर कोरिडोर (चतरा मुलघाट माझीटार अमरापुरडाँडा गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
तमोर कोरिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
तानसेन रिडी कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका …

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने सरकारको निर्णय (यस्तो छ विषेशता)

साउन २३, काठमाण्डौ : सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो नीति अनुसार अब साइवर सुरक्षा विधेयक अघि बढाउने बाटो खुलेको छ । मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको बताएको छ ।
यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता …

सुरक्षित र उज्यालो वडा अभियान चलाउँदै कावासोती ४ (सम्पूर्ण योजनाको विवरण सहित)

एनसञ्चार संवाददाता,साउन २३, नवलपुर : कावासोतीको वडा नं. ४ ले सुरक्षित र उज्यालो वडा अभियानको सञ्चालन गरेको छ । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोति नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नारायण प्रसाद लोहनीका अनुसार स्थानिय सरकार, वडा भित्रका विभिन्न संघ सस्था, व्यवसायि र वडावासीसँग सहकार्य गरि सुरक्षित, उज्यालो र सुन्दर वडा बनाउने उद्येश्यका साथ विभिन्न कार्यहरु अभियानकै रुपमा सञ्चालन गरिएको हो ।

उज्यालो वडा कार्यक्रम अन्तरगत वडाको विभिन्न क्षेत्र भित्र पर्ने पोलहरुमा विजुलि बत्ति राख्ने कार्य आर्थिक वर्ष २०७९/८० मै सम्पन्न गरिसकिएको र बाँकि रहेका स्थानमा आर्थिक वर्ष २०८०/८१ भित्रै …

नेपालले म्यानमारसँग आगामी सेप्टेम्बर ८ तारिखमा मैत्रीपूर्ण फुटबल खेल्ने

साउन २३, काठमाण्डौ : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ८ तारिखमा याङ्गुनमा खेलिने छ । दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारिखमा फल्समा खेलिने छ । नेपालले निकट भविष्यमा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रारम्भिक चरणको छनोट प्रतियोगिता खेल्दैछ ।
सोही विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ । विश्वकप छनोटको …

साउन २८ गतेदेखि देशैभर अनिश्चित कालीन विद्यालय बन्दको घोषणा

साउन २३, काठमाण्डौ : प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

३ जना पत्रकारको किटानि जाहेरी पछि अभियन्ता अदिप्तविरुद्ध पक्राउ पुर्जी जारी

साउन २३, कास्की : कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो ।
अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका विषयमा फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि तिखो प्रहार गरेर लेखेका थिए । पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।
पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए …

नदीको पानी बस्तीमा पसेपछि झण्डै ५ सय घरधुरी प्रभावित

साउन २३ , धनगढी : सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा झण्डै पाँच सय घर धुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा ६ वटा स्थानीय तहमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको जानकारी दिए । जोशीका अनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको …

बाढी पहिरोले देशैभरको जनजिवन प्रभावित, २ को मृत्यु, मुख्य राजमार्गका दर्जनौ स्थानमा पहिरो (सम्पूर्ण विवरणसहित)

वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको निर्देशन
एनसञ्चार संवाददाता, साउन २३, नवलपुर : अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । लगातारको वर्षाले देशका मुख्य राजमार्गहरुका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार देशभर दर्जन भन्दा धेरै ठाउँमा राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड …

विदेशमा कम्तिमा १२ महिना काम गरेर फर्कंदा ल्याएको टीभी र मोबाइलमा भन्सार छुट

साउन २३, काठमाण्डौ : वैदेशिक रोजगारमा गएका नेपालीले स्वदेश फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् । भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् ।
कोषमा आवद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्सार शुल्क छुट पाउनेछन् । तर, निःशुल्क टीभी ल्याउन कम्तीमा १२ महिना विदेशमा काम गरेको हुनुपर्नेछ ।
त्यस्तै मोबाइलको हकमा भने ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ । अन्य मोबाइलको भन्सार शुल्क भने आफैंले तिर्नुपर्नेछ । भन्सार शुल्क छुट भएको मोबाइलको एमडीएमएस प्रणालीमा …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode