गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
८ वैशाख, गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडा …
असारी थापा(बुढा) द्धारा स्वास्थ संस्था र नव ज्याेति विद्दालयमा अक्षयकोष स्थापना
सुरेश छन्त्याल, गलकाेट: गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ चाैकीमा स्व. दिलबहादुर थापा(बुढा)काे धर्मपत्नी हाल बेलायत निवासी असारी थापा(बुढा) ले पाण्डबखानी स्वास्थ चाैकीमा उपचारार्थ सुत्केरी हुन आउने गरिब तथा अशहाय महिलाहरुका लागी रु.एक लाख पाँच सय ५५ रकम वरावरकाे अक्षयकोष निर्माण गर्नु भएको छ।
त्यस्तै असारी थापा(बुढा)ले नव प्राविमा पनि रु. पचास हजार बराबरको अक्षयकोष निर्माण गर्नु भएको छ। उक्त अवसरमा बाेल्दै पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ट उपाध्यक्ष खड्क बहादुर थापाले विश्वकाे जुनसुकै स्थानमा रहेपनी जन्मभुमि प्रति सधैं सदभाव रही रहने तथा यस ठाउका हरेक समस्यामा हातेमालो …
स्याङ्जाकाे रापाकाेटमा वडास्तरिय पुरूष भलिवल प्रतियाेगिता शुरू
दिपक सुनार,चैत १६, स्याङ्जा : कालिका युवा कल्ब अर्जुनचौपारि गाउँपालिका ४ रापाकोट द्वारा रामनवमि अर्थात चैते दशैको अबसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएकाे छ ।
उक्त खेलकाे उद्घाटन प्रमुख अतिथी अर्जुनचौपारि गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गर्नुभएकाे हाे । भलीवल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका प्रमुख तिवारीले राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताउनुभयो ।
उहाँले,‘खेलकुदले कुनैपनि ब्यक्तिलाई अनुशासित बनाउँछ स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म पुग्न खेलाडी लाई पालिकाले सहयोग गर्ने पनि बताउनुभयो ।
विसिष्ट अतिथिकाे रूपमा रहनुभएका अर्जुनचौपारि गाउँपालीका उपाध्यक्ष सपना गुरुङले खेलकुदका क्षेत्रमा पालिका …
नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले खेलाडी कल्याणकारी कोष बनाउने
१ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।
यो खेलबाट उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानले बताएको हो ।
क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको थिएन ।
‘क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर कुनै कोष यसअघि अस्तित्वमा छैन,’ क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले भने, ‘तर हामीले अब कोषको आवश्यकता पनि महसुस गरेर यूएईसँगको …
आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे यादव
२८ फागुन, चितवन । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैले यादव आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन् ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी …
सत्यकाे जितकाे प्रतिक होलि पर्व मनाइदै
राजेश सुनाम ०७९,फाल्गुन २३,नवलपुर होली र्पव निकै हर्षउल्लासका साथ आज र भोली नेपालको पहाडी र तराइ भागमा मनाउने गरीन्छ । यो पर्व कहिलेबाट सुरु भएको हो भन्ने धेरैलाइ थाहा नहुन सक्छ तर धेरैले परापूर्वकाल देखि नै चल्दै आएको हिन्दु धर्म सस्कार अनुसारको चलन हो पनि भन्ने गर्दछन् ।
आज भन्दा धेरै वर्ष पहिलाको कुरा हो कुनै एक राज्यमा राजा हिरण्यकस्यप बस्थे । उनि अलि राक्षसी स्वभावका थिय । उनले यो संसारको सबै भन्दा शक्ति साली राजा म नै हु भनेर घमण्ड गर्थे । पृथ्वी,आकाश र पातालमा उनले शासन चलाएका थिय । …
भरतपुरको कालिका चोकमा युवती मृत भेटिइन्, सँगै बसेका ३ जना पक्राउ
१८ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।
उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका …
मौसमी बसाइँसराइले चर्को कुपोषण : आमा र बच्चा झन् जोखिममा
१२ फागुन, बाजुरा । बुढिनन्दा नगरपालिका–३ फुवाकी खाँडो बुडथापा (भोटे) की अढाइ वर्षकी छोरी सम्झना बुडथापा कुपोषणको कहरमा छिन् । कडा कुपोषणको शिकार भएकी सम्झनाको उमेर अनुसार तौल र वृद्धि विकास हुनसकेको छैन ।
जन्मेदेखि नै कडा कुपोषणमा रहेकी सम्झनालाई दुई महिना पुग्दा विभिन्न सहयोगीको मद्दतबाट उपचार गर्न काठमाडौं पुर्याइएको थियो । काठमाडौंमा दुई महिना उपचार गरेर अहिले घर ल्याइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौंमा पूर्ण रूपमा उपचार नहुँदै उनलाई परिवारले घर ल्याए । अहिले पनि उनी कुपोषणग्रस्त छिन् ।
सम्झनाकी आमा खाँडो बुडथापा आफैं पनि कुपोषित छिन् । …
सातौ नवलपुर महोत्सबको तयारी पुरा
राजेश सुनाम , ०२ फागुन २०७९ : नवलपुर उधोग बाणिज्य सँघले सँचालन गर्न लागेको सातौ नवलपुर महोत्सबको तयारी पुरा भएको छ । महोत्सबमा पाँच लाख दर्शकले हेर्ने अनुमान गरीएको छ । महोत्सबमा ब्यापारीक स्टल, बाल उधम, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, साथै पालिकामा उत्पादन भएका नयाँ वस्तु लगायत धेरै चिजहरु हेर्न पाइन्छ ।
महोत्सब केहि नयाँ र नौलो गर्ने उद्देश्यका साथ आयोजना गरीएको महाोत्सबका प्रवक्ता सागर पोखरेलले बताउनु भयो । महोत्सबमा पहिलो पटक रतेउली र टिकटक प्रतियोगिता गर्न लागिएको हो त्यसैले पनि धेरै नवलपुर बासिलाइ यो महोत्सब चासोको बिषय बनेको …
“स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि” खेलकुद भन्ने नारा सहित पाँचौ मेयर कप नकआउट फुटबल कावासाेतीमा सुरू
राजेश सुुनाम , माघ २८ ०७९ कावासाेतीः “स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि” खेलकुद भन्ने नारा सहित पाँचौ मेयर कप नकआउट फुटबल प्रतियोगिता-२०७९ शनिबार देखी सुरु भएको छ ।
पूर्व संघिय संसद तिलक महतले रेफ्रिलाइ बल हस्तानतरण गर्दै खेलको उद्धघाटन गरेका हुन । फुटबल प्रतियोगिता कावासोति नगरपालिकाको आयोजना तथा नवज्योति युवा क्लबको सह-आयोजनामा संचालन भयको हो । शनिबारबाट सुुरु भएको फुटबल प्रतियोगिता फाल्गुण ९ गते सम्म चल्नेछ । यसैबिच फाल्गुन ७ गते जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण खेल हुने साथै वडा न.-१ देखि १७ नम्बर वडा सम्मकै टिम सहभागि हुने आयोजकले …
लोक दोहोरीमा जम्दै गाएक गैरे
राजेश सुनाम ,कावासोती : पाल्पा जिल्ला निस्दी गाउपालीकामा अवस्थित गल्धा ५ कठै डाडामा २०५० साल बैशाख १ गते जन्मिएका गायक कृष्ण गैरे पछिल्लो समय लोक गित संगितको क्षेत्रमा निकै र्चचित छन ।
गैरेले आवाज दिएका प्राय गितहरु चर्चामा पुग्न सफल छन् । दर्शक स्रोताले पनी गैरेका गितहरुलाइ रुचाएका छन । आइ लभ यू बेबी ,दिन दिनै भएत भेट, दशै आयो तिहारै आयो ,ए मायालू, रेलैमा लगाउ माया बेलैमा जस्ता गित अहिले चर्चामा छन ।
२०७१ सालमा पहिलो गित माया लाउन जातैले छेक्दैन रेकर्ड गराएका गायक गैरे २०६९ सालमा नवलपुरमा बसाइसरी हाल नवलपुरमै …
दैनिक दिसा लाग्दैन ? यी उपाय अपनाउनुहोस्, ।
हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ। हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं। पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो।
भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले हामीले सताउँदैन्। पेटमा खराबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फुलेको वा डम्म भएको फिल हुने, खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थकाई लाग्ने जस्ता …
ऋषि धमला पत्नी गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
१४ माघ, बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’
धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध …
सन्दीप लामिछानेलाई किशोरी र उनको परिवारसँग भेट्न रोक
२८ पुस, काठमाडौं । उच्च अदालतले सन्दीप लामिछानेलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न रोक लगाएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेले आफैं वा आफूसंवद्ध कुनै संस्था वा व्यक्तिमार्फत जाहेरीकर्ता र पीडितको परिवारसँग भेट्न र कुनै माध्यमबाट सम्पर्क गर्न रोक लगाएको हो ।
आदेशमा भनिएको छ, ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको …
सन्दिप लामीछाने शुक्रबार छुट्दै
२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् ।
उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताए ।
‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘भोलि काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’
बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनलाई विदेश जान भने रोक लगाइएको छ …
माघे संक्रान्ति राैनक : तरुल र चाकुको मस्त व्यापार (फोटो फिचर)
काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।
कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए। उनले मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा …
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)
२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।
बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।
प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । …
लुम्बिनीका मुख्यमन्त्री गिरी र २ मन्त्रीले लिए शपथ
२८ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् ।
प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।
लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् ।
मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।
यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।
रुपन्देही २ …
आयल निगमले घटायो इन्धनको मूल्य
२५ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।
अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।
Services That Will Do My Essay For You
There are a variety of options based on the you’re prepared to pay for your essay. Many of them provide free formatting, a title page, and references. Some services offer unlimited revisions in order that you can ensure your essay will be flawless.
WriteMyEssay
Many satisfied customers say their satisfaction with WriteMyEssay is a reliable essay writing service which provides excellent quality essays at a reasonable price. The company also provides a special discount for first-time users. This is an excellent option to those who are working under tight deadlines.
WriteMyEssay has a …
