संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, …

संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरेका हुन् ।

‘संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ,’ सन्देशमा भनिएको छ, ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको …

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइए ।

१६ भदौ, पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु …

आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । 
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । ‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो, ’उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु ।’ 
सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी …

महिलालाई प्रधानमन्त्री बनाउन चाहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ

८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताए ।
‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भने ।
आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताए ।
‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे …

०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउन प्रचण्डको कार्यकर्तालाइ निर्देशन

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।
‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्‍यो । पहिला लिस्ट बनाउनुपर्‍यो र ती सबैसँग सम्पर्क गर्नुपर्‍यो । उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्‍यो । तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती …

माओवादीलाई मैदान खाली छ ।

२०३५/३६ को विद्यार्थी आन्दोलनमा खासै मानवीय क्षति भइसकेको थिएन । त्यो आन्दोलनले राजनैतिक पार्टीहरूका विद्यार्थी संगठनहरूसँगै सबै क्याम्पस तथा विश्वविद्यालयमा उनीहरूका राजनैतिक गतिविधिहरू खुला भए ।
खासगरी विद्यार्थी नेताहरू कुनै न कुनै राजनैतिक पार्टीहरूका कार्यकर्ताहरू थिए । त्यसकारण ती पार्टीहरूका विचार, दर्शन तथा गतिविधिहरूको प्रचार जोडतोडका साथ हुन्थ्यो ।
त्यसमा पनि होस्टलमा बस्ने विद्यार्थीलाई त झन् कुनै न कुनै राजनैतिक पार्टीमा नलागी सुखै थिएन । त्यतिबेला एकजना अस्कल क्याम्पसको बीएस्सीमा अध्ययनरत गणेश किरात भन्ने दाइ थिए, उनले हामीलाई हाम्रो कोठामा आएर कम्युनिस्ट सिद्धान्तहरूको बारेमा प्रशिक्षण दिन्थे । उनी भन्थे, ‘नेपालमा पनि चीनमा …

४ मन्त्री माग गर्ने शेखर–गगन समूहकाे तयारी

३० असार, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।
दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।
यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । …

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

काठमाडौं । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज (शनिबार)बाट सुरु हुँदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबार दिउँसो सुरु हुने बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् ।

एमालेका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ भने महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि समीक्षा हुने एमालेले …

एमाले नवलपुर अधिवेशनः यस्तो हुन सक्छ सहमति र चुनावी समिकरण

कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलिले उद्घाटन गर्दै छन् । पार्टी अध्यक्षको प्रमुख आतिथ्यतामा हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पार्टी अध्यक्षको स्वागतको युवा परिचालन देखि कार्यक्रम स्थल र आसपासको क्षेत्रमा पार्टीको झण्डा र चुनाव चिन्हहरु टाङ्गीएका छन् ।
पार्टी अध्यक्ष सहभागी अधिवेशनले भन्दा अबको जिल्ला नेतृत्व कस्तो बन्छ भन्नेमा एमाले कार्यकर्ता उत्सुक देखिन्छन् । पार्टी अध्यक्षले उद्घाटन गर्ने जिल्ला अधिवेशनमा विवाद र चुनावी अवस्था सृजना गर्न हुदैन भन्ने पार्टी केन्द्रीय नेताहरुको दवावमा जिल्ला तहमा नेताहरु देखिन्छन् । गण्डकी प्रदेशमा देखिएको …

उत्पादन र राेजगार लक्षित बजेट खाका तयार गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । …

रमेश खरेलद्वारा रास्वपा परित्याग

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गर्दै राजीनामा बुझाएका छन् । खरेलले आजै (बुधबार) बाट लागू हुने गरी पार्टी कार्यालयमा राजीनामा बुझाएका हुन् ।
केही दिन अघि खरेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै आलोचना गरे्का थिए । पार्टीभित्रै बसेर पार्टीको नीति विरुद्ध गएको भन्दै रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण भन्दा पनि उनले राजीनामा नै बुझाएका हुन् । उनले आफूले सोच विचार गरेर पार्टीबाट अलग हुने निर्णय गरेको भन्दै अंग्रेजीमा लेखेर राजीनामा रास्वपा कार्यालयमा पठाएका हुन् ।
गत वैशाख १० मा …

प्रतिनिधि सभाको बैठक १० दिन स्थगित, सभामुखसहित ६ सांसद जेनेभा जाँदै

७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् ।

सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।

संसद सचिवालयका …

प्रधानमन्त्री प्रचण्डलाइ तेस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २६८ सांसदमध्ये उनको पक्षमा १५७ मत परेको थियो । त्यस्तै उनको विपक्षमा १५७ मत र एक जना सांसदले कुनै पनि पक्षमा मतदान गरेका थिएनन् ।

यसअघि २०७९ साल पुस १६ गते प्रधानमन्त्रीले पहिलोपटक विश्वासको मत प्राप्त गरेका थिए । सो क्रममा उनले सर्वाधिक मत प्राप्त गरेका थिए । तर एमालेसँगको सहकार्य टुटेपछि पुनः प्रधानमन्त्री प्रचण्डले गत वर्षको चैत ६ गते विश्वासको मत प्राप्त गरेका हुन् ।

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै …

इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् ।
जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए ।

उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन चाहन्छु । इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्ने मेहेनत गर्नुभयो । त्यसको लागि, कठिन जटिल र चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धका स्मरण र अनुभवहरुलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोध गरेर …

माघ १९ प्रकरण : ज्ञानेन्द्रको त्यो ‘कू’, कसले के भनेका थिए ?

काठमाडौं । आज माघ १९ गते । प्रजातन्त्रवादीहरुले आजको दिनलाई कालो दिनको सम्झिने गरेका छन् । २०६१ साल माघ १९ गते अर्थात् आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरि शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
राजाले देउवा नेतृत्वको सरकारले नागरिकलाई बचाउने किसिमको कदम चाल्न नसकेको र देशमा निर्वाचन गराउन नसकेको आरोपसहित अपदस्त गरेका थिए । ‘म मेरा दाजुले जस्तो राजनीतिलाई चुपचाप हेरेर बस्दिन’ भन्दै ज्ञानेन्द्रले बेला बेला भन्ने गरेको भनाइले राजाले केही अप्रीय कदम चाल्न सक्छन् भन्ने शंका सबैमा थियो । आशंकाकै बिचमा राजा …

कांग्रेसको ७८औँ स्थापना दिवस आज : श्रद्धा, संकल्प र सम्मान कार्यक्रम

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाउँदैछ ।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, संकल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदैछ । ती प्रतिनिधिले …

माघ १६ गते कांग्रेसका केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नैपर्ने

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले यही माघ १६ गते शहीद दिवसका अवसरमा हुने वडा तहको कार्यक्रममा सबै केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नुपर्ने अनिवार्य गरेको छ ।
शहीद दिवसका दिनमा कांग्रेसले देशभरका सबै वडामा एकसाथ कार्यक्रम गर्दैछ । माघ १६ बाट ‘समुदायमा कांग्रेस’ अभियान औपचारिक रुपमा सुरु गर्दा ६ हजार ७४३ वटै वडा कार्यक्रम गर्न लागिएको छ ।

केन्द्रीय तहका सबै नेता आफ्नो क्रियाशील सदस्यता रहेको वडामा पुग्नुपर्ने महामन्त्री गगन थापाले बताए । ‘संवाद यात्राको विचमा म मेरो वडाको कार्यक्रम आउँछु । अरु नेताहरु पनि आफ्नो वडामा हुने कार्यक्रममा सहभागी हुनुहुन्छ,’ महामन्त्री …

१ करोड ८० लाखको चेक बैंकमा गएको हो तर पैसा जम्मा भएको होइन, रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईको नामबाट आएको भनिएको पैसा आफ्नो नआएको बताएका छन् ।

आज पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गर्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिबी राईको नामबाट आएको भनिएको १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताए ।

पत्रकार सम्मेलन गर्दै लामिछानेले तत्कालिन समयमा ग्यालेक्सी फोरके टेलिभिजन छाड्दा टेलिभिजनका सञ्चालक जिबी राईले १ करोड ८० लाख नदिएको स्पष्ट पारे ।

उनले त्यसबारेमा स्पष्ट पार्दै चेक डिपोजिटका लागि ग्लोबल आइएमी बैंकमा गएको त्यसको डिपोजिट हुने स्लीप लिएको तर आफ्नो खातामा पैसा नआएको बताए ।

‘कसैले मेरो …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode