खाडि मुलुकमा अनुहार हेरेर नेपाली महिलाको किनबेच हुन्छ

भदौ ९, काठमाण्डौ : रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी उनको काँधमा आयो । सामान्य लेखपढ गरेकी उनलाई आम्दानीको स्रोत केही थिएन । गाउँघरमा मजदुरी गरेर दिनचर्या चलाउँदै गरेकी उनको पीडा र दुःख देखेर गाउँकै एक जना दाइले विदेश जान सुझाए ।
विदेश त जाने तर, कहाँ जाने ? कति पैसा लाग्छ ? के कामका लागि जाने ? जस्ता प्रश्नहरूको उत्तर उनीसँग थिएन । ती सबै प्रश्नको उत्तर तिनै …

धरानमा जनस्वास्थ्यमा आपतकालीन अवस्था आएको भन्दै निषेधाज्ञा जारी

भदौ ८, धरान : सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार सूचना जारी गर्दै निषेधादेश जारी गरेकी हुन् ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा …

नेपाल मलेसियासँग ६ विकेटले पराजित

भदौ ८, काठमाण्डौ : आईसीसी वुमन्स टी-२० एसिया छनोटअघिको चारदेशीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । यसअघि दुई खेल जितेको नेपाल तेस्रो खेलमा मलेसियासँग आज ६ विकेटले पराजित भयो । नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो ।
मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मलेसियाकी ओपनर अइन्ना हमिजा हासिमले नटआउट रहँदै ३७ रन बनाएर टिमलाई जितसम्म डोहोर्याइन् । नेपालका पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा घटाइएको खेलमा …

धानको गाँज कुहिन थालेपछि किसान चिन्तित

भदौ ८, गलकोट : खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर, खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ …

सद्भाव र एकता कायम राख्न धरानबासीलाई मेयर साम्पाङको अपिल

भदौ ८, धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् । मेयर सम्पाङले शुक्रबार वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।
उनले अघि भनेका छन्, ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु ।’ यसअघि बिहीबार पूर्व मेयरहरुले पनि वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न आग्रह गरेका थिए ।

अर्जुनचौपारि गाउँपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

भदौ ०८, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र बल पदको तयारीका लागि निःशुल्क तिन महिने कक्षा संचालन गरेको हो । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे …

२० मिनेट जेलमा बिताएर ट्रम्पले जमानत पाए

भदौ ८, एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे र त्यहाँ २० मिनेट बिताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् । एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।
उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो …

देशका यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ ८, काठमाण्डौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू(भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहीकोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, र …

जुवाखालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ

भदौ ८, कास्की : पोखराबाट पक्राउ परेका जुवाडेको टोलीमा गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको छ । पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र …

एमालेले प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाउँदै

भदौ ८, कास्की : नेकपा एमाले गण्डकी प्रदेश कमिटीको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाइने भएको छ । एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकले पार्टीको अत्याधुनिक भवन बनाउने योजनाअनुरुप प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेलाई मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्ने निर्णय गरेको हो ।
भवन निर्माणका लागी २५ करोड संकलन गर्ने योजना रहेको एमाले गण्डकी इन्चार्ज एवम् एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । उक्त भवनमा सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने विष्टले सुनाए ।

बिहिबारकालागि विदेशी मुद्राको विनिमय दर

भदौ ७, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज (७ भदौ २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ छ भने बिक्री दर १३२ रुपैयाँ ६० पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २९ …

सर्बिया र इटाली पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भदौ ७, काठमाडौँ : वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ …

सुदूरपश्चिम र मध्यपश्चिममा गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

भदौ ७, काठमाण्डौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।
चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो …

भारतको चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण

भदौ ७, एजेन्सी :भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।
चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।
यसैअवसरमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले बुधबार ट्वीट गर्दै भारतीय …

वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

भदौ ७, एजेन्सी : रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।
रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ । प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

वागनर भाडाका …

देशका ६ प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ ७, काठमाण्डौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको …

धादिङ बस दुर्घटना :- गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन गरेर उद्धार गरिँदै

भदौ ६, चितवन : धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको जानकारी दिए । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली पनि पुगिसकेको छ । जिल्ला …

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् रास्वपा सभापति रवि लामिछाने

भदौ ६, काठमाडौं : प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अनुपस्थित भएका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको नगएपछि स्थगित भएर आज राखिएको बैठकमा सभापति लामिछाने नगएका हुन्।
उनले पार्टी उपसभापति डिपी आर्यल र प्रमुख सचेतक सन्तोष परियारलाई पठाएका छन्। ओली ओली नआएर बैठक स्थगित भएपछि उनले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको टिप्पणी गरेका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख समेत हितराज पाण्डे, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, …

बुटवलका औषधी व्यवसायी ढकाल चार दिनदेखि बेपत्ता

भदौ ६, रुपन्देही : बुटवलका औषधी व्यवसायी गंगा ढकाल ४ दिनदेखि बेपत्ता भएका छन्। बुटवलको मैत्रीपथमा लामो समयदेखि औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ।
शनिबार बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको र आइतबार बिहान चितवनकै एक कुरियरमार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएकाले परिवारमा चिन्ता बढेको हो ।
मोबाइल फोन र नियमित लगाउने घडीसमेत घरमै छोडेर गएका ढकाल आइतबार साँझ सवा ७ बजे पछिल्लो पटक नारायणी नदीको पुलमाथि देखिएको र त्यसपछि कुनै सम्पर्क नभएको …

हर्क साम्पाङले दिए जग्गाधनीविरुद्ध उजुरी

भदौ ६, धरान : धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।
मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।
उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode