त्रिशूलीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु
भदौ ६, चितवन : त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।
सन्नी देओलको ऋण अक्षय कुमारले तिर्ने कुराको वास्तविकता
भदौ ६, काठमाण्डौ : बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।
यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न …
आजको मौसम
भदौ ५, काठमाण्डौ : नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल भारतको उत्तर मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका …
नवलपुरको घ्युखोलामा बस दुर्घटना हुँदा २९ जना घाइते
एनसञ्चार संवाददाता, भदौ ५, कावासोती : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ। धनगढीबाट काठमाडौँ जाँदै गरेको रात्रिबस नवलपुरको घ्युखोलामा दुर्घटना हुँदा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका आइरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा बिहानको समयमा रात्रिबस दुर्घटना हुँदा २९ यात्रु घाइते भएको पौडेलले बताए।
बसमा ३५ जना यात्रु सवार रहेका थिए ।दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास …
संस्कृत विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्धारा तालाबन्दी
भदौ ५, दाङ : दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।
यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो । अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, …
सन्दिप लामिछाने विनै नेपाली क्रिकेट टीम पाकिस्तान जाँदै
भदौ ५, काठमाण्डौ : एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।
एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।
नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्नेरनखेल्ने …
केहि जिल्लामा आज बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह
भदौ ४,काठमाण्डौ : देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आज र भोलि महाकाली नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, …
समाजवादी मोर्चाले भदौ ८ गतेबाट सातै प्रदेशमा घोषणासभा आयोजना गर्ने
भदौ ४, काठमाण्डौ : समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए ।
बैठकपछि बोल्दै नेकपा ९एकीकृत समाजवादी० का नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको …
आज विदेशी मुद्राको विनिमय दर
भदौ ४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको …
ला लिगामा बार्सिलोनाको पहिलो जित
भदौ ४, काठमाडौं : साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २(० ले पराजित गरेको हो ।
पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा …
आज नागपञ्चमी : खनजोत पनि गर्नु नहुने जनविश्वास
भदौ ४, काठमाडौं : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमास अनुसार भदौमा यो पर्व परेको हो ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, …
जयकारका ‘5’ चारलाईन (मुक्तक)
मुक्तक :-
1-
मुल्यहिन यो वर्तमानसँग भागि भागि प्रश्न सोध्नु छ
तिमिसँग एक्कैछिन, मिलनको मागि प्रश्न सोध्नु छ
जीन्दगिको पैँठेजोरिमा, मेरा मुक्का फिका परेहोलान्, स्विकार्छु
किन भएको छु, मरेतुल्य तिम्रालागि प्रश्न सोध्नु छ
2-
चिढ्याईरहेछ मलाई, मेरै विगतको तस्विरले
आफन्त मुटु घोँचिदिन्छन् शब्दहरुका तिरले
जानु कहाँ गर्नु के भड्किरहेछ आत्मा यसै
जिन्दगी यो जीन्दगी रहेन, जिन्दगीकै पिरले
3-
जिन्दगीमा पिँडा जति आउँछ, रुँदा सम्म त हो
जिवन भन्नु, लाशलाई आगोले, छुँदा सम्म त हो
परिवारवाट विछडिएर बाँच्न यसकारण दिल मान्दैन
मान्छे आफ्नो, मान्छे जिउँदो, हुँदा सम्म त हो
4-
छोरी तिमिलाई कहिल्यै यो दिन याद नहोस्
झुटो मुस्कुराहटको एक्कै छिन् याद नहोस्
म तिम्रा अबोध आँखाका आँशु देख्दा नै …
कविता(एक उत्कण्ठा) :- “भुत्भुताएको हुँ”
#भुत्भुताएको_हुँ
ओछ्यान माडिएछ..,
हिजो ऊ र म सँगै थियौँ,
भित्तातिर रित्तै भएर
विछ्याईएको तन्नाले ठाउँ फेरेछ
ओछ्यान माडिएछ..
माडिएको ओछ्यान माडेका ति
पात्रहरुलाई थाहा छैन,
आज माडिएको ओछ्यान,
भोलि अर्को आउँछन्
र माँड्छन्
मेरो हातमा रहेको
चुना मिसाएको सुर्तिले
पुलुक्क हेर्यो
ऊ पनि अब माँडिदै थियो,
च्वास्स यि ओँठ घोँच्न
मिलेको ओँछ्यान हेर्छु,
आँफैमा मुसुक्क हाँसिदिन्छु
आज फेरी ओछ्यान माडिन तयार छ्,
माड्नेको प्रतिक्षा
अहँ..,
वोलाहट..,
सायद चिच्याहट भनुँ त्यसलाई
एक खित्का हाँसो..,
नाच्दा नाच्दै लजाएको प्रहर
त्यो तयार बसेको ओछ्यान
माड्नु अगाडि
भर्नुछ पेट,
झल्याँस्स एक सम्झना
ओछ्यानलाई ढोकाभित्र कैद गरेर
अब लाग्नुछ
फेरी एकपटक त्यता
सोध्नुछ
ति पदचापहरुका प्रत्येक
पाईलाका प्रश्न
यो समय, यो भुत्भुत्याईँ
र तड्पनका प्रश्न
सुन्नु छ…, उहि उस्तै
बजिदिन्छ एक रिल
त्यहि बारबार
हकदार बन्नेछु
ओछ्यान माड्ने
सायद एक्लो शरिरले
त्यो ओछ्यानले
कहिल्यै प्रश्न गरेन
तँ मलाई घरिघरि किन …
लिग्स कपको उपाधि मायामीको पोल्टामा, मेस्सी :सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी
भदौ ३, एजेन्सी : सन् २०२३ को लिग्स कपको उपाधि विश्वकप विजेता लियोनल मेस्सी आबद्ध इन्टर मायामीले हात पारेको छ । मेस्सी मायामी आबद्ध भएको केही समयमै यस क्लबले इतिहासमै पहिलोपटक उपाधि जित्न सफल भएको हो ।
आइतबार निकै रोचक र नाटकीय खेलमा मायामीले पेनाल्टीमा १०–९ गोलले न्यासभिल सक्कर क्लबलाई हराएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि खेलमा हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
लियोनल मेस्सीले खेलको २३औँ मिनेटमा आकर्षक गोल गर्दै मायामीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा न्यासभिलले बराबरी गोल फर्कायो । कर्नर हानिएको …
देवचुलीका २० वर्षीय युवक लोकाह खोला र नारायणीको दोभानमा डुबेर बेपत्ता
भदौ ३, नवलपुर : नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार देवचुली नगरपालिका –११ का २० वर्षीय मंगलसिंह पुलामी नारायणीमा माछा मार्न जाँदा शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका हुन । माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएको स्थानीयको भनाइ छ । लोकाह खोला र नारायणीको दोभानमा ती युवक डुबेका हुन् ।
जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै …
राष्ट्रपति र प्रधानमन्त्रीले धीरेन्द्र शास्त्रीसँग भेट्न मानेन्
भदौ ३, नवलपुर : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई नभेट्ने बताए । शास्त्रीले भेट्न खोजेपनि विवादास्पत व्यक्ति भएकाले उनलाई भेट्न इन्कार गरेको स्रोतले बताएको हो ।
चौधरी ग्रुपका प्रबन्धनिर्देशक बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ । शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेट गराउने प्रयास …
भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ जनाको मृत्यु
भदौ ३, एजेन्सी : लद्दाखमा भएको सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ । शनिबार लद्दाखको लेहमा सेनाको सवारी सडकबाट चिप्लेर खाल्डोमा खसेको थियो । दुर्घटनामा सेनाको मृत्युप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
शाश्वतधाममा बागेश्वर बाबाको हनुमान प्रवचन (फोटो फिचर)
भदौ ३, नवलपुर : बहुचर्चित बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न नवलपुरको शाश्वत धाममा हजारौंको ओइरो लागेका छन् । पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्था समेत मिलाइएको छ ।
भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि शनिबार यहाँ आइपुगेका हुन् । उनी चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आएका हुन् । काठमाडौंमा सांसद विनोद चौधरी, सारिका चौधरीसहित शास्त्री चितवन उत्रिएका थिए ।
नेपालको अग्रणी औद्योगिक तथा …
रवि लामिछानेको आशंका : जग्गा प्रकरणमा निर्णयकर्ताको बयान विना फाइल बुझाउने तयारी हुनु ठूलो गडबडी हुनसक्छ
भदौ ३, नवलपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् । सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा।बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’ उनले सो प्रकरणमा ठूलै …
फेसबुकमा अलबिदा लेखेर गए वडाध्यक्ष
भदौ २, गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका थिए :परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।
घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले …
