धान खेतीमा रोगब्याधि नलागोस् भनि थारु समुदायले हरेरी पूजा गर्दै
रासस
साउन ८, काठमाण्डौ: थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्।
हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ। विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।
‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि …
पहिरोले घर पुरिएर आमाछोराको मृत्यु
साउन ८, काठमाण्डौ : बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जुका श्रीमान महेश जागरी भारतमा रोजगारीका लागि गएको बमको भनाइ छ।
अपांग रहेका मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन्।
उनीहरुलाई थप उचारका लागि स्थानीय स्वास्थ्य चौकी पढाउने तयारी रहेको वडाध्यक्ष बमले बताए। घरको …
यसपालिको मौद्रिक नीतिमा समेटिएका मुख्य विषयहरु
साउन ८, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिए पनि अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन।
सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरे पनि बजारमा उच्च दरमा पुँजी नबढाउने संकेत मौद्रिक नीतिको देखिन्छ।
मुख्य विषय यस प्रकार छन् :
१। पचास लाख रूपैयाँभन्दा कमको सेयर कर्जामा मात्रै जोखिम भार घट्ने
राष्ट्र बैंकले साना सेयर लगानीकर्तालाई राहत दिने गरेर नीति ल्याएको छ।
नेपाल राष्ट्र बैंकले ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक …
नवलपुरका ग्याँस ब्यवसायि पलायन हुने अवस्थामा : डिष्ट्रिब्यूटरले दिँदैनन् विक्रेतालाई पुरा मुल्य
श्रीकृष्ण, साईबाबा लगायतका ग्याँस उद्योग सञ्चालक राजेन्द्र डल्लाकोटिले आयल निगमको नियम अनुसार ग्याँस विक्रेतालाई कम्पनिले प्रतिसिलिण्डर ४७.९१ पैसा दिने गरेको एनसञ्चार अनलाईनलाई बताएका छन् ।
“उपभोक्तालाई सरकारले तोकेकै मुल्यमा ग्याँस उपलब्ध गराउनु पर्छ ।” : ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापा
एनसञ्चार संवाददाता, साउन ७, कावासोति : नेपाल आयल निगमले पछिल्लो समय गत असार ३१ गते रातिबाट लागु हुने गरि खाना पकाउनें (एलपिजि) ग्याँसको बजार मुल्य १,७९० कायम गरेको छ ।
उक्त मुल्य विषेश गरि तराई क्षेत्रका उपभोक्ताकोलागि तय गरिएको अन्तिम मूल्य हो । ग्याँस विक्रेताको लागि सरकारले नै प्रति एलपिजि …
D.S.P. नै कुटिएपछि घटनाको छानविन गर्न समिति गठन
साउन ७, महोत्तरी : महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (D.S.P.) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।
शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका(२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पुर्याइएको उनले बताए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन।
घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले …
राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्दै
साउन ७, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न केही बेरमा बस्नेगरी राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।
सरकारले आर्थिक वर्ष २०८०र८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।
राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक …
गण्डकीका केहि स्थानमा आजपनि वर्षाको सम्भावना
साउन ७, पोखरा : हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका …
दुईजना अज्ञात व्यक्तिद्धारा एक महिलाको गोली हानी हत्या
साउन ७, धनुसा : नेपाल(भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।
भारतीय भूमिमा …
नियन्त्रण भन्दा बाहिर लम्पी स्किन : नवलपुरमै ४ सय १३ गाईभैँसी मरे
साउन ६, कावासोति : पछिल्लो समय देशैभर फैलिएको लम्पी स्किन नियन्त्रण बाहिर गैसकेको छ । सरकारले देशैभरका स्थानिय तहलाई रोग संक्रमण फैलिन नदिनकालागि औषधिहरु पठाईरहेको भएपनि त्यसको कुनै पनि प्रभावकारीता नदेखिएको कार्यक्रममा सहभागिहरुले नै स्विकार गरेका छन् ।
देशका अन्य जिल्लामा जस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण ६ हजार २४ पशुचौपाया सङ्क्रमित भएको तथ्याङ्क छ भने यस रोगबाट हालसम्म जिल्लामा ४ सय १३ गाईभैँसीको मृत्यु भैसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । …
गण्डकी प्रदेश सरकारको लक्ष्य भन्दा झण्डै १४ प्रतिशत कम बजेट खर्च
साउन ६, नवलपुर : गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो ।
आर्थिक वर्ष २०७९र८० मा विनियोजन गरेको ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट मात्र सरकारले खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत चन्द्र शेखर सापकोटाले बताए ।
सरकारले पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ र चालूतर्फ ८ अर्ब ४५ करोड …
“भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक” : रा.स्व.पा. सभापति लामिछाने
साउन ६, विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ, उनले भने ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो, उनले भने ।
रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको …
मोटरसाइकल दुर्घटना हुँदा एकै ठाउँका ३ जनाको ज्यान गयो
साउन ६, सुनसरि: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
गएराति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा रहेका चार जनामध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाउनेमा इटहरी १६ बस्ने करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते प्रेमलाल चौधरीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको जीपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
नेपाली नर्सलाई बेलायतमा रोजगारी : आउँदो कात्तिक २ गतेसम्म आवेदन दिन सकिने
साउन ५, काठमाण्डौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ।
आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …
काठमाडौंको ६ हजार ५ सय टन फोहोर सडकमै : फोहोर फाल्न स्थानियको अवरोध
साउन ५, नुवाकोट : ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज पनि विसर्जन हुन सकेन।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।
बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो। बुधबारको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले …
नेपाली नर्सलाई बेलायतमा रोजगारी
साउन ५, काठमाण्डौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ। आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …
अनुगमनमा गएका गृहमन्त्रीले भने : सुनकाण्डको जरैसम्म पुग्छौं
साउन ५, काठमाण्डौ: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन् ।
अनुगमनपछि सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताए । ुकतै तीन ब( बालकोट, बालुवाटार र बूढानीलकण्ठ० मिलेर यो घटना सामसुम पारिने त होइनु भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ुभ्रष्टाचार …
काठमाण्डौका सेवा प्रदायक संस्थाहरुले निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनुपर्ने
साउन ४, काठमाण्डौ : काठमाडौं महानगरपालिका भित्रका व्यवसायिक भवनहरु ९निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल०, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनुपर्ने भएको छ।
महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो। आवासीय वा व्यावसायिक भवनहरुमा रहेकारभएका व्यवसाय र सेवा प्रदायकलाई सेवाग्राहीसँग सवारी साधन पार्किङ्गबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिने आज फेसबुकमार्फत जानकारी गराएका छन्।
व्यावसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग …
साँच्चिनै नेपालको विामानस्थलबाट हात्ती छिराईदिए (क्विन्टल बढि सुन : संसदमा खैलाबैला)
साउन ४, काठमाण्डौ : एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउने गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताउँछन् नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ।
बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको …
गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा कांग्रेसमा संसदीय दल नेता फेर्न चुनौति
साउन ४, पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन्।
महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए।
‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने होरु संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं।’
उनले कांग्रेस एक मात्र रहेकोले यो डुब्दा सभापति देउवामात्र नभई महामन्त्री थापा र …
‘पोलिटिसियन अफ द इयर’ अवार्डबाट रास्वपा सांसद गौतम सम्मानित
साउन ४, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् ।
अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ ।
आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।
संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र …
