आखिर किन मारे छोराले बाउ(भिडियो सहित)

मंसिर ११, कावासोती ।
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्ष नेपालले बताउनुभयो । बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । मृतकका छिमिकेलि मदिरा सेवन …

११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि

दीपेन्द्र रेग्मी, मंसिर ११, कावासोती ।
नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी नवलपुरमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । यहि आउँदो मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ । पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइको र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने नियम रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, २ र दलित मुक्ति समाजबाट समेत गरि भूगोल …

राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)

मंसिर १०, कावासोती,
देशको विषम राजनितिक अवस्था परिवर्तनकालागि स्थानिय मेयर देखि संघिय सासंद सम्मको उम्मेद्वारि दिएका कमल नयन न्यौपाने सक्दिन, सक्दिन भन्दै सार्वजनिक भएका छन् ।
सन् २०१३ मा रोजगारिको शिलसिलामा दक्षिण कोरिया गई सन् २०१८ मा नेपाल फर्किएका स्याङ्जाका न्यौपानेले देश भित्रको व्याप्त भ्रष्टचार, वेरोजगारि र राजनितिक अस्थिरतालाई चिर्ने उद्येश्य बोकि २०७९ को स्थानीय चुनाव मा स्याङ्जा जिल्लाको गल्याड. नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट मेयर पदमा उमेद्वार दिएका थिए भने २०७९ कै मंसिरमा भएको संघिय निर्वाचनमा काठमान्डौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा पनि उमेद्वारी दिएका थिए ।
दुवै निर्वाचनमा पराजित भएपछि …

रेडियाे कावासाेतीले नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम गर्ने ।

भदौ १, कावासोती । कावासोतीमा आउँदो भदौ ७ गते जिल्लामै फरक र नविन तिज विषेश कार्यक्रम हुने भएको छ ।
नेपाली सनातन हिन्दु धर्मावलम्बि महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भैरहेको सन्दर्भमा कावासोतीमा भने अन्यत्र भन्दा भिन्न प्रकारले विद्यालय शिक्षकहरुको तिज गित प्रतियोगिता आयोजना हुने भएको हो ।
 

नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ मा अवस्थित रेडियो कावासोती १०२.६ मेगाहर्ज र सिद्धार्थ आवासिय मा.वि. कावासोतीको संयुक्त आयोजनामा “नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम २०८२” आयोजन गर्न लागिएको रेडियोका प्रबन्ध सञ्चालक भोजराज दाहालले …

“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे

दिपेन्द्र रेग्मी, कावासोती ।

गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ,नवलपुरको आयोजना तथा हुप्सेकोट गाउँपालिकाको सहकार्यमा भएको सुशासन प्रबद्र्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु लक्षित सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएकि पाण्डेले स्थानिय सरकारले काम गरिसकेर भुक्तानि दिनुपर्ने बेलामा अर्थ मन्त्रालयले ८ अर्ब बराबरको बजेट कटौति गरिदिँदा स्थानिय सरकारहरु समस्यामा परेको बताउनुभएको हो ।
उहाँले भन्नुभयोः “वडाले योजना बनाएर, सम्झौता गरेर, काम सकेर भुक्तानिको लाईन छ, तर माथिबाट बजेट कटौति भएको छ । …

हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी

दिपेन्द्र रेग्मी, असार २१, कावासोती ।
समाजलाई डोर्याउने उपयुक्त ज्ञान र सिप भएको जशक्ति नै विकासको महत्वपूर्ण पाटो हुने नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताउनुभएको छ ।
विकास भन्ने वित्तिकै बाटोघाटो निर्माण वा भौतिक निर्माणलाई मान्ने गरिएको भन्दै उहाँले बनेका ति पूर्वाधारलाई प्रयोग गर्ने ज्ञान सिप भएको जनशक्ति उत्पादन हुनु पनि विकासको महत्वपूर्ण पाटो हुने बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं राईट फर चिल्ड्रेनको सहकार्यमा भएको हुप्सेकोट गाउँपालिका स्तरिय सिकाई सामाग्रि प्रदर्शनि मेला प्रतियोगिता २०८२लाई सम्बोधन गर्दै प्र.जि.अ. पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले शिक्षामा …

छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

असार १९, कावासोती: “म नर्सरि देखि यहि विद्यालयमा पढ्दै आएकि हुँ, विद्यालयकै अगाडि भएको पसलमा पहिलेदेखि नै कापि कलम किन्न जान्थेँ, मेरो यादमा भएसम्म कक्षा ६ मा पढ्ने बेला देखि नै त्यो पसलमा सामान किन्न जाँदा फरक व्यवहार हुने भएको महषुस हुन्थ्यो तर यो व्यवहार गलत हो जस्तो लाग्दैनथ्यो, तर केहि दिन अघि मात्रै पनि त्यो पसलमा सामान किन्न जाँदा पसलको अंकलले मेरो हात समाउने, शरिरका विभिन्न अंग प्रत्यङ्ग छुने गर्न थाल्नुभयोः म डराएँ र घरमा गएर आमालाई अंकलले गरेको व्यवहार वारे बताएँ तर आमाले अबदेखि त्यो पसलमा नजा, त्यता …

नेपालीको महान् पर्व बडादसैँ सुरु

कावासोती । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने …

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२८ पुग्यो

१६ असोज,काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ ।
धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।
इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ ।
इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।
इजरायलमा यसै …

विपद् प्राधिकरण भन्छ : शुक्रबारसम्मै भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबारदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबारसम्म नै भारी वर्षाको सम्भावना कायम रहेको भन्दै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर …

दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन, मर्मतका लागी राती सडक बन्द गरिने

१५ असाेज, ०८१, कावासोती ।  सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट–४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् ।
यसै बिच सडक दुईतर्फी सञ्चालनमा आएको भए पनि थप मर्मतका लागी भन्दै मंगलवार राति १० बजे देखि बिहान ५ बजे सम्म राजमार्ग बन्द हुने जिल्ला …

कावासोतीको कुमारी निजी गुठी सार्वजनिक शैक्षिक गुठीमा परिणत ।

असाेज १५, ०८१, कावासोती– ४, हसौरामा रहेको निजी कुमारी गुठी सार्वजानिक गुठीमा परिणत भएको छ । निजी शैक्षिक गुठीबाट सञ्चालित विद्यालय र निजी शैक्षिक गुठीलाई कावासोती नगरपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को खण्ड (२) अनुसार मगंलवार अर्थात आजकै दिनवाट सार्वजनिक गुठीको हैसियतबाट कुमारी सार्वजनिक शैक्षिक गुठी र कुमारी प्राथमिक विद्यालय संचालन गर्नका लागि अनुमति प्रदान गरेको छ ।

कुमारी गुठी संचालनका लागि कुमारी सार्वजनिक शैक्षिक गुठीको विधान २०८० नगरपालिकाबाट स्विकृत भएको छ । जस अनुसार अब नौ सदस्यिय समिति गठन हुनेछ । कुमारी गुठीले अनाथ, असाहय, सिमान्तकृत …

३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा कावासोतीमा एक शताब्दी पुगेका ज्येष्ठ नागरिकलाई सम्मान

नवलपुर । ३४ ओैँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कावासोतीमा एक शताब्दी पूरा गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
नगरपालिकामा कार्यक्रमको आयोजना गरि नगर भित्र एक शताब्दी पूरा गरेका नागरिकलाई सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा महिला विकास अधिकृत शुभद्रा शर्माले बताउनुभयो ।

नगरपालिका भित्रका विभिन्न वडाका एक सय वर्ष पुुरा गरेका दस जना ज्येष्ठ नागरिकलाई सम्मान पत्र, दोसल्ला र थर्मस सहित सम्मान गरिएको थियो। कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षता तथा एक सय ५ वर्षीय विष्णुकुमारी गौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

उक्त क्रममा बोल्दै नगर प्रमुख विष्णुप्रसाद …

नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा

कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना संक्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।
त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो …

मङ्गलबार देखि कावासोतीमा प्रथम विष्णुनगर दशैँ मेला सुरु ।

असाेज १५, कावासाेती  :  नवलपुरको कावासोतीमा आज देखि दशैँ मेला सुरु भएको छ । कावासोती नगरपालिका ६, विष्णुनगर खेलमैदानमा दशै मेला शुरु भएको हो। मेला असोज २५ गते सम्म चल्नेछ । मेलामा विभिन्न व्यापारीक स्टल , बाल उधान लगायत विविध मनोरञ्जनात्मक गतिविधी रहने अध्यक्ष सोवित कुमार रानाले बताउनुभयो ।

मेलामा प्रत्येक दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने मेला संयोजक झविन्द्र प्रसाद काफ्लेले बताउनुभयो । मेलामा पचास हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले बताएको छ। प्रथम विष्णुनगर दशैँ मेलाबाट ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको प्रर्वद्धन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग …

१३२ केभी प्रसारण लाइनको टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

१५, असाेज, २०८१, कावासोती । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ। होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो।
उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ। त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट …

बस दुर्घटनामा मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत (अपडेट)

भदौ २३, दाङ : बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । छ जनाको सनाखत भएपनि एकजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस …

हङकङमा शुक्रबार भएको वर्षा १ सय ४० वर्षयताकै ठूलो

भदौ २३, एजेन्सी : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएको छ। सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन्। वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसन पानीमा डुबेका छन्। विद्यालय बन्द भएका छन्।
जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको विज्ञले बताएका छन्। अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ। अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८।१ मिलिमिटर वर्षा …

शनिबार (आज)को मौसम पूर्वानुमान

भदौ २३, काठमाण्डौ : कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।
राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode